आज :

सर्वोच्च अदालतमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी, बार अध्यक्षसहित १२ वकिल घाइते

काठमाडौं ।  प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरु र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा घम्साघम्सी भएको छ । केही दिनदेखि कानून व्यवसायीहरुले सर्वोच्च अदालत गेटमा धर्ना दिइरहेका छन् ।

बिहीबार कानून व्यवसायीहरु सर्वोच्च अदालतको गेटभन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भइरहेको छ । प्रहरीले अगाडि नबढ्न भनेको छ भने वकिलहरुले प्रधानन्यायाधीश  र प्रहरीविरुद्ध चर्को नारबाजी गरेका थिए ।

आजको प्रदर्शनमा प्रहरी र कानून व्यवसायीहरुबीच धकेलाधकेल हुँदा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् । प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने वैकल्पिक गेटसम्म पुग्न खोज्ने कानून व्यवसायीहरुलाई रोक्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा उनीहरु घाइते भएका हुन् ।

प्रहरीले उनीहरुलाई मूल गेट अगाडि नै रोकेको छ । वैकल्पिक गेटसम्म पुग्ने प्रयास सफल हुन नसकेपछि उनीहरु मूल गेटबाटै फर्किएका छन् । सर्वोच्च अदालत परिसरभित्र आजको विरोध प्रदर्शन सकिएको छ ।

सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको छ । बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल उपचार भइरहेको छ । उनको छातीमा चोट लागेको बताइएको छ ।

त्यसैगरी अधिवक्ताहरु प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत घाइते भएका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal