आज :

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताको चेतावनी

काठमाडौं । नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनहरुबीचको वार्ता असफल भएको छ । निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताहरुले बताएका छन् ।

सोमबार दुबै पक्षबीच भएको वार्ता पछि संवाद डबलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको बताउँदै पछिल्लो समयमा बढाईको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् । अत्याधिक मूल्यबृद्धि गर्दापनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै अध्यक्ष सिंहले भनिन्, “भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्री गर्दापनि अझै घाटा भयो रे कसले पत्याउने ?”

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले आजै मन्त्रालयमा भएको वार्तामा आफूहरुले निगम व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नुपर्ने माग राखेको जानकारी दिइन् ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले व्यक्ति मोटाउने र जनता चुस्ने उपमाको रुपमा आयल निगम भएको बताए । आफ्नो संगठन सम्पूर्ण विद्यार्थी संगठनहरुसँग हातेमालो गरेर वृद्धि भएको मूल्य खारेजी अभियानमा लाग्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टी पनि सत्तामा भएपनि उसले गर्ने राम्रो कार्यलाई साथ र जनतालाई पेल्लने कार्यमा विरोध गर्ने धारणा राखे । उनले नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भइरहेको र त्यसलाई छानविन गर्नु पर्ने पनि बताए । अध्यक्ष पराजुलीले मुल्य फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्ने बताए ।

कार्यक्रममा निगमका प्रवक्ता विनितमणी उपाध्यायले पेट्रोलियमको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दैै गएकाले आफूहरुले एक महिनामा २ पटक मूल्य समायोजन गर्नु परेको बताए । पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजन गरेको बताउँदै उपाध्यायले भने, “वृद्धि गरेको विषयलाई मात्रै नभएर विगतमा ठूलो अंकले मूल्य घटाएको विषयलाई पनि हेरिदिन आग्रह गर्दछु ।”

आयल निगम घाटामा भएको विषय त दुनियाँको कुनै पनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थ स्वदेशी नभएर पूर्णरुपले विदेशमा निर्भर रहनु पर्ने भएकाले आफूहरुको काबुमा नरहेको समेत प्रवक्ता उपाध्यायले बताए । उनले भने, “यही अवस्थामा हामी घाटामा रहिरहने हो भने निगम टाट पल्टेर पाँच दशक बढी लामो इतिहास बोकेको संस्था सकिन बेर लाग्ने छैन् ।”

कार्यक्रममा उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहादा मासिक ५ अर्ब २० कारोड घाटा भइरहेकाले मूल्य समायोजनको विकल्प नरहेको बाताएका छन् ।

आन्दोलनरत विद्यार्थी संगठनका नेताहरु र निगम पदाधिकारीबीच दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा तीन घण्टा मालो बार्ता भएको थियो । तर, दुबै पक्ष आआफ्नो अडानका कारण वार्ता सफल हुन सकेन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal