आज :

वायु सेवा निगमका चिकित्सकहरुलाई निरुत्साहित नगर्न आग्रह

  • अनलाइन डबली

काठमाडौँ । न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।
राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह गरेको छ ।
निगममामा आंशिक समय पालै पालो सेवा दिनेगरी ९ जना चिकित्सकहरु रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
निगमले डा.अस्मिता अर्याललाई कसैको दवाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ ।
उनलाई गलत तरिकाले नियुक्त गरिएको आरोप लागेकोप्रति खण्डन गर्दै निगमले अन्य चिकित्सकहरु सरह नै डा.अर्याललाई पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिईएकोे स्पष्ट पारेको हो।
निगमले आफ्नो संचालनको शुरुवाती दिनहरू देखि नै कर्मचारी कल्याणकारी परियोजना अन्तर्गत आम कर्मचारीहरू र उनिहरुका निकट परिवारका सदस्यहरूको निःशुल्क तथा पाइलट, इन्जिनियर र क्याबिन क्रु लगायतका प्राविधिक जनशक्तिहरूको अनिवार्य नियमित स्वास्थ्य परीक्षण सेवा संचालनमा गर्दै आएको छ ।
उडान सेवालाई प्रभावकारी, विश्वसनीय र सुरक्षित गराउन नियमित स्वास्थ्य परिक्षण अनिवार्य रहेकाले यसलाई अन्यथा नलिन पनि निगमले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal