आज :

कर्णालीले डाक्टर तयार गर्ने सपना पूराः मंसिर १९ गतेबाट एमएमबीएस कक्षा संचालन हुँदै

काठमाडौं । कर्णालीले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति तयार गर्ने सपना पूरा लागेको छ । त्यही सपनाका साथ स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कक्षा संचालन मंसिरबाट सुरु हुँदैछन् ।

लामो समयको प्रयास र प्रतिक्षपछि मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका शैक्षिक कक्षा सञ्चालन हुन लागेका हुन् । प्रतिष्ठानका अनुसार लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रमको सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाका अनुसार एमबीबीएस, एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा निर्धारित समयमै सुरु हुनेछन् । यसका लागि चिकित्सा शिक्षा आयोगको यही कात्तिक २५ गते सूचना प्रकाशित गरिसकेको छ । मङ्सिर १९ गतेदेखि कक्षा सञ्चालनको लागि अहिले भर्ना चलिरहेको छ ।

शुक्रबार गरिएको पत्रकार भेटघाटमा दिएको जानकारीअनुसार एमबीबीएस २० सीटमध्ये १५ जना भर्ना भइसकेको र पाँच सिट प्रक्रियामा छन् । एमबीबीएस २० सीटसहित अन्य ९० वटा सिटमा ६० सीट भर्ना भइसकेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले उपकुलपति डा मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम काज रोक्ने निर्णय गरेपछि केही अन्योलता छाएको छ । पूर्वनिर्धारित कार्यक्रम संचालनमा केही समस्या आउने प्रतिष्ठानकै कर्मचारी बताउँछन् ।

मन्त्रालयले निमित्त उपकुलपति डा. निरेश थापालाई जिम्मा दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal