आज :

यी हुन् दशैंमा काठमाडौँबाट पोखरा घुम्न गएर दुर्घटनामा परी ज्यान गुमाउने ७ युवायुवती

काठमाडौँ । दशैंको बिदामा पोखरा घुम्न गएका काठमाडौँका ७ युवायुवतीको दु र्घटनामा परी ज्यान गएको छ । पदयात्राको लागि पोखरा पुगेका उनीहरु सोमबार कास्कीको घान्द्रुकमा जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी काठमाडौँ गोंगबुका ७ युवायुवतीसति जीप चालकको पनि ज्यान गएको छ ।

प्रहरीका अनुसार सबै युवायुवती दशैंका बेला काठमाडौँबाट पदयात्राका लागि पोखरा गएका थिए । त्यसमध्ये दुई जना एकाघरका दिदीबहिनी हुन् । अर्को परिवारमा दिदी घाइते छिन् भने भाइको घटनास्थलमै ज्यान गयो ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री छन् । यस्तै, यात्रुहरु काठमाडौं ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री छन् ।

काठमाण्डौ ३ गोंगबु बस्ने वर्ष २० की देबिका घिसिङ घाइते भएकी हुन्। सुजा र लिजा दिदीबहिनी हुन् । देविका र जिनलव दिदी भाइ हुन् ।
पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार थिए ।

अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल हुँदु भन्ने स्थानमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । कलभीरमा निकै अप्ठेरो बाटो छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal