News Portal

  • मेनपावर कम्पनीको ठगी धन्दा कहिले होला बन्द ?

    अनुशा थापा
    १०६ पटक

    नेपालमा अधिकांश सर्वसाधारणहरु रोजगारीको लागि विदेश जान रुचाउछन् । वैदेशिक रोजगारीमा जान कसैको लागि रहर हो भने कसैको बाध्यता । पहिलेपहिले पुरुषहरु मात्र वैदेशिक रोजगारीमा जान्थे भने अहिले वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या पनि उत्तिकै छ ।
    जब नागरिकता बन्छ तबदेखि खाडी मुलुकमा जाने प्रोसेस सुरु गर्न मिल्छ । आफु जन्मेको देश, हुर्केको टोल र समाज छोडेर खाडी छिर्नुपर्दा कतिको मन कुटुक्क हुन्छ । अरुको देशको छुट्टै वातावरया सम्झेर नै डर लाग्छ । कतिको भने खुसीको ठेगाना हुँदैन् । आफ्नो गाउँघरमा भएको पुख्र्यौली सम्पत्ति त्यागेर वैदेशिक रोजगारीमा जान्छन् । किनभने आफ्नो भएको जग्गामा खेतीपाती गर्न त गाह्रो हुन्छ । खेतीपाती गर्दा किसान भनेर जिस्काउछन् । बाहिर जान पाउँदा उनीहरुको छुट्टै इज्जत पाइन्छ भनेर सोच्छन् ।

    बाउबाजेले गरेको काम गर्न हामी नेपालीलाई लाज लाग्छ । हाम्रो पुस्ताले गरेको कामलाई हामी नै घृणा गर्छौ । अहिलेको पुस्ताहरुको सोँच नै गलत छ । अलिकति के पढ्छौ देशको राजनीतिलाई गलत सावित हामी बाहिर जान्छौं । नेपाली भएर जन्मिनु नै धिक्कार हो भन्ने बुझाई हामीमा छ । अलिकति राम्रो स्कूलमा पढेका बाउआमाका छोराछोरी अमेरिका, अस्ट्रेलियालगायतका राम्रो मुलुक जानलाई पासपोर्ट बनाउनतिर लागिहाल्छन् । आफ्नै परिवारको व्यापारव्यवसाय सञ्चालन गरेर आफ्नै देशमा केही गरौ भनेर हामी सोँच्दैनौ ।

    देशको राजनीति यस्तो छ भने त्यसलाई परिवर्तन गर्न सक्ने क्षमता युवा पुस्ताले राख्नुपर्छ । भएको जति युवापुस्ता सबै अरुको देशमा गएर छन् त देशविकास कसले गर्ने ? अरुको देशमा गएर भाँडा माझ्न, शौचालय सफा गर्न अहिलेको युवापुस्ता तयार हुन्छन् । पढाई कम भएको, गाउँमा जन्मेकालाई आफ्नै भुमिमा केही गरौं, आफ्नै देशमा बसौं भन्ने भावना हुन्छ । तर, के गर्नु भोको पेटको अगाडि केही नलाग्दो रहेछ । पढेको, शिक्षितमा गनिनेहरुलाई अरुको देशमा गएर काम गर्दा आनन्द आउँछ ।

    काठमाडौंमै घर भएका, सदरमुकामका करोडपतिका छोराछोरी आफ्नो देशमा बसेर देशको एनकानुन मानेर केही गरौं, सरकारी जागिर खाऔं भन्दैनन् । सम्पूर्ण सेवासुविधा भएका देश जान रोज्छन् । सुरुमै २५ लाख रुपिया हालेर अर्कोको देशमा जान्छन् ।

    नेपाली पैसा अन्य मुलुकको ढुकुटीमा जम्मा हुन्छ । उसले जति राम्रो पढेपनि, जति नै योग्यता हासिल गरेपनि नेपालले केही पाउने होइन् । नेपालमा राम्रो शिक्षा हासिल गरेको सबै फोगट्टै जान्छ । अर्काको देशमा गएरचाहि जे गर्न पनि तयार हुन्छन् ।

    देशमा अब बुढाबुढी मात्र बाँकी छन् । बाध्यताले जानु र रहरले विदेश जानुमा धेरै फरक छ । कतिले अरुको लहैलहैमा लागेर पनि विदेश जाने फैसला लिन्छन् । गाउँबाट पासपोर्ट बनाउन जिल्ला वा राजधानी आउँछन् । कतिसँग पासपार्ट बनाउने पैसा हुँदैन् । विदेश जान पनि पैसा हुँदैन् ।

    १ लाखको ५ हजारसम्म तिर्ने सर्तमा गाउँकै साहुहरुसँग ऋण लिन्छन । ऋण लिएरै पासपोर्ट बनाउन्छन् । तर जब पासपोर्ट बनाउने हल्ला मेनपावरमा काम गर्ने दलालीको कानमा पुग्छ । विदेश पठाउनको लागि मान्छे ल्याएको बापत कमिशन दिने सर्तमा मेनपावरहरुले दलाली राखेको हुन्छन् ।

    गाउँगाउँमा बिचौलियाहरु खटाएको हुन्छन् । भए नभएको सेवासुविधाको प्रलोभन देखाउँदै सिधासाधी जनतालाई आफ्नो मेनपावरमा पासपोर्ट राख्न लगाउछन् । राम्रो देश जानेको लागि कन्सलटेन्सीले पनि कमिशन दिएर दलाली राखेका छन् ।

    कमिशनको लोभमो मेनपावर र कन्सलटेन्सी बिचौलिाहरुले आफ्नै आफन्तलाई समेत ठगेको छन् । सम्पत्ति कमाउने लोभ, कमाई धेरै देखाउछन् । हामी पनि सजिलै फसिहाल्छौ । पासपोर्ट दिएको महिनादिन भित्रै उडाइदिन्छु, कुन देश जाने हो त्यहाको भिसा लगाँइदिन्छु ।
    काम एकदम सजिलो छ दिनको ८ घण्टा काम गर्नुपछर्, खान बस्न सुविधा छ, हप्तापिच्छे छुट्टी पाइन्छजस्ता विभिन्न प्रलोभन देखाउछन् । सेवा सुविधाको जालमा फसाई विदेश जानको लागि तयार गराउछ । हामी पनि विदेश जाने भनेपछि आफुले गरिरहेको काम छोड्दिन्छौ ।
    बिदेश जान चक्रव्यूहमा फस्दै जान्छौ । कतिले बाठा मान्छेले आफैं मेनपावरमा लगेर पासपोर्ट दिन्छन् । मेनपावर गएर आफै बुझछन् । मेनपावरले तपाईको भिसा आउनै लागेको छ पैसा दिनुस् भन्छ । सरकारले विदेश जान तोकेको शुल्कमा २० गुणा बढी रकम विदेश जानेसँग असल्छ ।

    पैसा लिन्छ तर भौचर दिदैन् । कतिलाई पासपोट बुझाएको ३ महिनामा उडाउछ कतिलाई बर्षदिनसम्म झुल्लाइदिन्छ । १ वर्षसम्म भिसा नआइपछि पासपोट फिर्ता लिन कत्रो महाभारतको सामना गर्नुपर्छ । पैसा फिर्ता दिएहालेपनि कटाएर दिन्छ ।

    मेनपावर कम्पनी संचालकहरुले गुण्डा पालेको छन् । प्रहरी प्रशासनले पनि उनीहरुलाई सहयोग गर्छ । यस्ता ठग कम्पनीहरुमा राजनीतिक दलकै लगानी छ । मेनपावर कम्पनीले वर्ष दिनमा कति मान्छेलाई कुनकुन देशमा कति मान्छे पठायो । यसबारे राज्यलाई ज्ञान छैन् ।
    नेपाल सरकारले एकवर्ष पठाउन नसक्ने मेनपावरको कम्पनी खारेज गर्ने, नवीकरण नगर्ने नदिने नीति ल्याएको थियो । त्यो नीति केपी ओलीको सरकारले आर्थिक लेनदेनमा डिसमिस गप्यो । मेनपावरहरुले फेरि नवीकरण गर्ने इजाजत पाए ।

    मेनपावर कम्पनीहरुको अनुगमन खोइ ? श्रम मन्त्रालय र श्रम विभाग कानमा तेल हालेर बसेको छ । मेनपावर कम्पनीबाट विदेश गएका मान्छेहरुलाई एउटा काम भनेर विदेश पठाउने गरेको छन् । तर काम भने अर्कै पर्ने गरेको छ ।

    काम गर्ने वर्षौ दिनसम्म पनि कतिले तलब पाएको छैन् । कति ती अलपत्र परेको छन् । जिउँदो गएको मान्छेहरु लास बनेर बाकसमा प्याक भएर नेपाल फर्केका छन् । तैपनि नेपाल सरकार चुइकक बोल्दैन् । नहुने कुरामा सरकारको मुख पनि बडो खुल्छ ।

    धेरै कमाउने, आफ्नो परिवारलाई सुखसँग पाल्ने सपना देखेर घरपरिवार छोडेर खाडीमा काम गर्न जान्छन् । तर, विदेशमा कमाउन जाने धेरैको घरपरिवार बिग्रेको छ । श्रीमान्ले विदेशमा बसेर कमाएको पैसा लिएर श्रीमती अर्कैसँग भागेको छन् । बालबच्चाको बिजोग पारेर हिडेको छन् । चाडबाड आउँछ आफ्नो छोराछोरीसँग मनाउन पाउदैनन् । अहिले पनि दिनमा दुई हजार नेपालीहरु विदेश जान्छन् । नेपालभूमि छोडेर अरुको देश जान्छन् अरुको देशमा बसेर नेपाललाई गाली गर्छन् ।

    नेपाल सरकार रेमिटयान्स लिने मै व्यस्त छ । देश त छाड्छन् आफ्नो छोराछोरी ल्याएर पनि उपत्यका मै राख्छन् । आफ्नो गाउँलाई चटक्कै बिर्सिन्छन् । विदेश जान सपना बोकेको दुईचार जनाको सपना पूरा भएको होला । नभए धेरैको सपना चकनाचुर भएको छ । गलत बाटो हुँदै विदेश जाने पनि त्यत्तिकै छन् । विदेशबाट विभिन्न रोग बोकेर लिएर आँउछन् । यसको उपचारचाहि नेपाल सरकारले गर्नुपरेको छ ।

    घरायसी काममा गएको महिलाहरु काम गर्ने साहुबाटै शोषित बनेको छन् । गर्भवती भएका नेपाल फर्किने पनि त्यत्तिकै छन् । विदेशमा काम सिकेर आएर स्वदेशमा काम गर्ने पनि नभएका त होइनन् । खाडी मुलुकमा गएको त नेपाल फर्कन्छन् । तर राम्रो देश गएकाले त नेपालको नागरिकता त्याग्छन् उहीको नागरिक बन्छन् ।

    खडी मुलुकमा रोजगारीको लागि गएका अधिकांश व्यक्तिहरु बाकसमा प्याक भएर आएका छन् । विदेशबाट काम गर्दा मुत्यु भयो भने क्षतिपुर्ति पाइदैन् । कम्पनीले पनि क्षतिपुर्ति दिदैन् । विदेश जाने बेलामा बिमा गराएर गएको हुन्छन् । तर, बिमा कम्पनीले क्षतिपुर्ति दिन धेरै नै हिचकिचाउछ । विदेशको जेलमा नेपालीहरुले आफ्नो जीवन कटाइरहेको छन् । वैदेशिक रोजगारीमा जाँदा हराएको नेपालीहरुको डाटा सरकारसँग छैन् । सरकारले ८० लाख नेपाली विदेशमा भनेको छ तर यो यथार्थ तथ्याङक भने होइन् ।

    मेनपावरहरुलाई कम्पनीमा लगेर पञ्जीकरण गर्ने हो भने राज्यको ढुकटीमा राजस्व संकलन हुन्छ । अहिले जति पनि मेनपावर सञ्चालनमा छन् यसमा ठूलो राजनीति घुसेको छ । सिन्डिकेट छ । नयाँ मेनपावरको दर्ता खोलेको छैन् । यहाँ पनि सिन्डिकेट छ । मेनपावर कम्पनीको ठागी भन्दालाई सरकारले नियन्त्रण गर्न नसके देशमा ठूलो भयाभव अवस्था आउन सक्छ ।

    प्रतिकृया दिनुहोस्