
काठमाडौँ । दोस्रो काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिताका सम्पन्न भएको छ।
बहुउद्देश्यीय मार्शल आर्ट केन्द्र, खुशीबुँ, काठमाडौं काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा शुक्रबार बात सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष रोजीना श्रेष्ठज्यूको विशेष आतिथ्यतामा आयोजित समापन समारोहमा बागमती प्रदेश शुटिङ्ग संघका अध्यक्ष राजु दर्शन, काठमाडौं जिल्ला शुटिङ्ग संघका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठ, अर्किड नेपालका अध्यक्ष त्रिलोचन कृष्ण श्रेष्ठ, नेपाल खोखो संघका महासचिव एवं नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार शंकर महर्जन, नेपाल केन्वाकाई गोजुरियो कराते संघ नेपालका अध्यक्ष विद्ुर कुँवर र काठमाडौ मोडेल स्क्ुलका भाइस प्रिन्पिल मिना प्रजापति लगायतले विशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।
समापन समारोहका अवसरमा प्रतियोगिताका विजयी खेलाडीहरुलाई विशिष्ट अतिथिहरुबाट प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगितको समापन समारोहमा बोल्दै बागमती प्रदेश शुटिङ्ग संघका अध्यक्ष राजु दर्शनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको नेपाल एकायन कराते संघ लगायत सम्पूर्ण सहभागित तथा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नु भयो।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोहका कार्यक्रमको सभापतित्व नेपाल एकायन करातेका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले गर्नु भयो । समापन समारोहका अवसर बोल्दै उहाँले यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूण संघ संस्था, व्यक्ति लगायत सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस प्रतियोगिताका लागि सहकार्य गरी कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागलाई विशेष धन्यवाद दिंदै कृतज्ञता ज्ञापन गर्नु भयो ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ गरी कुल १३ वटा तौल समूहहरुमा खेलहरु संचालन भएका थिए । काठमाडौं उपत्यका भित्रका १२ वटा नगरपालिकाहरुका करिब १९० जना कराते खेलाडीहरु सहभागी प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले स्वर्ण पदक, प्रमाण पत्र तथा ट्रफी, यसैगरी द्वतिय हुने खेलाडीले कास्य पदक, प्रमाण पत्र तथा ट्रफी र तृतिय हुने खेलाडीले रजत पदक, प्रमाण पत्र तथा ट्रफी तथा चौथो स्थान हासिल गर्ने खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी सहभागी सम्पूर्ण खेलाडी तथा खेल पदाधिकारीहरुलाई प्रमाण पत्रबाट सम्मानित गरिएको थियो ।


अनलाइन डबली



