
काठमाडौ महानगरपालिकाको वडा नं. १२ ले विभिन्न बिषयमा शैक्षिक योग्यता हासिल गरि विविध विधामा विद्धता / दक्षता भएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।
सममान पाउने हरुमा स्नातक तह उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर तह उत्तीर्ण सबैलाई सम्मान गर्ने लागिएको हो ।
बिहिबार वडा कार्मायालयमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष एवं महानगरपालिकाको वातारण समितिका संयोजक वालकृष्ण महर्जनले, व्यक्तित्व र पेशा पहिचान तथा युवाहरुलाई भविष्यप्रति सकारात्मक बनाउन विगत वर्षदेखि नै सम्मान कार्यक्रम आयोजना भइरहेको बताउनुभयो ।
विद्धत व्यक्तित्वहरु एवं बुद्धिजिवीहरु १२ वडाका मात्र नभई देशकै गहना र सम्पत्ति भएकोले उहाहरुको मान – मर्यादा , परिचय स्थापितको साथै सम्मान गर्नु गराउनु स्थानीय सरकारको दाइत्व भएको उहाले बताउनु भयो ।
सम्मानित् हुने वडा वासीलाई वैशाख २५ देखि जेठ ११ सम्म वडा कार्यालयमा सम्पर्क गर्न अनुरिध गरिएको छ । सम्मान कार्येक्रम जेठ २२ गते हुने भएको छ ।
वडाले २०८१ सालमा ६७ जना विद्धत व्यक्तित्वलाइ र १२ वडाका ३४ जना चक्रेश्वर , गुरु नाय : र कजिहरुलाई सम्मान गरेको थियो ।


बुद्धशरण शाही

