आज :

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

  • धनन्जय बुढा

काठमाडौं । अखिल नेपाल सुकुम्बासी संघले पूर्वपश्चिम राजमार्ग ५ घण्टाका लागि चक्का जामको घोषणा । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि वैशाख ३१ गते विहान ५ बजेदेखि १० बजेसम्मको लागि चक्का जामको घोषणा गरेको जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले भोलि ५ घण्टाका लागि घोषित चक्का जाम कार्यक्रममा सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।
चक्का जाम कार्यक्रम आफ्नो संगठनले आयोजना गरे पनि देशभरका सुकुम्बासीको अधिकारका लागि भएकोले कुनैपर्टी वा संगठन विशेषको नठानी सहभागि हुन आग्रह गरे । “चक्का जामले देशभरका सुकुम्वासीको एकताको सन्देश दिन जरुरी छ, जुन अधिकारको कोषेढुङ्गा सावित हुने विश्वास छ” खड्काले भने । “सरकारी अनधिकृत डोजर आतंकले आत्महत्या गर्न बाध्यदेखि अरबौं बराबर सम्पत्तिको क्षति गराएको छ, जसको प्रतिवाद गर्न जरुरी छ”खड्काको कथन छ ।

संघका अध्यक्ष अमर परियारले आफूहरुले गरेको चक्काजामलाई सबैले सहयोग गर्न अपिल गरेका छन् । “यातायता व्यवसायी, सेना–प्रहरी, सिडियो सबैलाई अनुरोध गर्न चाहन्छु, यो गरिव जनताको अधिकारको लागि प्रारम्भिक संघर्ष यो यसमा सहयोग गर्न अपिल गर्दछु” परियारले भने । परियारले सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरमा नभएर उनिहरुलाई जमिनको व्यवस्थापन गर्न माग गरेका छन् ।

संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले वर्तमान सरकारले नागरिकको आवास अधिकारको संवैधानीक व्यवस्था र सर्बोच्च अदालतको अदेशको अवज्ञा गरेको भन्दै आक्रोश व्यक्त गरे । बालेन शाह जनताको अभिभावकभन्दा पनि तानशाहा भएको आरोपसमेत लागाएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल सुकुम्बासी तथा अव्यबस्थित बसोवासी संघका अध्यक्ष राजकुमार पाण्डेले अखिल नेपाल सुकुम्बासी संघले घोषणा गरेको चक्का जाममा ऐक्यबद्धता जनाए । “हामी ७७ वटै जिल्लाका सदस्यहरुलाई सुकुम्बासी संघर्षमा उत्रन आह्वान गर्दछु” पाण्डेले भने ।

जसपा निकट सुकुम्बासी संघका अध्यक्ष तथा संयुक्त सुकुम्बासी मोर्चाका महासचिव अर्जुन कुवरले पनि जक्का जाममा ऐक्यबद्धता जनाए । कवरले विन व्यवस्थापन तथा विकल्प विना गरिएको सुकुमबासीमाथि डोजर गलत भएको बताए । कुवरले भोलि गरिने चक्का जाममा सबैलाई सघाउन अपिल पनि गरे ।

 

अखिल नेपाल सुकुम्बासी संघका उपाध्यक्ष लिला मोक्तानले चक्का जाम रहर नभएर नागरिकको अधिकारको विषय भएकाले सबैलाई साथ दिन आग्रह गरेका छन् ।
संघका महासचिव प्रकाश खरेलले आफूहरुले पूर्वपश्चिम राजमर्ग चक्का जाम र भोलि नै माइतिघर मण्डलामा संयुक्त प्रदर्शन कार्यक्रममा सबैलाई आउन अह्वान गरेका छन् ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal