आज :

लिपुलेक प्रकरण–एसपीपी र सैन्य परेडका विषयले छिमेकी चिडिएः गुरुङ

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता देव गुरुङले वर्तमान सरकार पश्चिमतिर ढल्केर छिमेकी देशरुलाई चिड्याउँदा लिपुलेक प्रकरण बल्झिएको दाबी गरेका छन् । सोमवार राजधानीस्थित संवाद डबलीले गरेको कार्यक्रममा गुरुङले राष्ट्रिय सहमतिसहति भारतसंग कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्न सकिने धराणा व्यक्त गरे ।

गुरुङले नेपालको परराष्ट्र नीति छिमेकी प्राथमिकता भन्दा पनि तेस्रो मुलुक रिझाउने किसिमको बन्दै जाँदा लिपुलेक जस्ता समस्या बढ्ने गरेको जिकिर गरे । “अमेरिकासंगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी), एमसीसी र विभिन्न सैन्य गठबन्धन जस्ता विषयले छिमेकी मुलुकहरु भरत र चीनलाई चिड्याएको देखिन्छ”गुरुङको कथन छ ।

“यसरी सत्ता र कुर्सीको लागि ‘सात समुन्द्र पारीका’हरुसंग सैन्य गठबन्धन गर्दा लिपुलेक–कालपानी मात्रै हैन देशको अस्तित्व नै धरापमा पर्छ” गुरुङले भने । भारतको तर्कले लिपुलेक क्षेत्र उसको भन्ने प्रमाण नपुग्ने बताउँदै गुरुङले भने,“हाम्रा ऐतिहासिक दस्तावेज र सो भूमि नेपाल कै हो भन्ने छिमेकी चीनलाई पनि थाहा छ, तर हाम्रो राष्ट्रिय सहमति र दतारुकता चाहिन्छ ।”

“चीन छिमेकीसंग लड्न चाहदैन, भारत आफै पनि संकटमा छ, कुटनीतिक तबरबाट लिपुलेक समस्या समाधान गर्ने यो सुनौलो अवसर पनि हो” गुरुङ थप्छन् । गुरुङले अर्को प्रसंगमा सुकुम्बासी बस्तीहरुमा वर्तमान सरकारले लगाएको डोजर गैर कानुनी रहेको बताएका छन् । “यदि यो सरकार ऐन, कानुन र संविधानमै टेकेर चलेको छ भने–के यो अमानवीय र गैर कानुनी हर्कत भएन र” गुरुङले प्रश्न गरे ।

त्यसैगरी गुरुङले करिब ४० वटा ऐन अध्यादेशबाट संशोधन गरेको भन्दै असंवैधानीक भएको र सो आपत्ति भएको बताए । “संसदमा सत्तासीनको करिब २ तिहाई हुँदाहुँदै संसद छलेर अध्यादेशको प्रयोग गर्ने विषयले संसदको औचित्यमाथि प्रश्न उठेको छ,” गुरुङको भनाई छ ।

प्रगतिशील लोकतन्त्रीक पार्टी(प्रलोपा)का युवा नेता मनऋषि धितालले पछिल्लो समयमा भारत कमजोर रहेकोले राष्ट्रिय सहमतिका साथ पहल गर्दा लिपुलेक समस्या समाधान गर्न सकिने जिकिर गरे । “भारतको आफ्नो हेपाहा परराष्ट्र नीति र रबैयाको कारण सबै छिमेकीहरु चिडिएका छन्, यहीबेला सबै नेपाली एकजुट भएर पहल गर्दा हाम्रो भूमीबाट भारतीय सेना हटाउन सकिन्छ” धितालले भने ।

गोर्खा सैनिक, भारत र विश्वभरीका नेपालीले भूमि फिर्ताको लागि उसलाई दबाबका साथै क्षतिपूर्तिसमेत माग्नु पर्ने धितालले भनाई छ । धितालले वर्तमान सरकार राष्ट्रिय स्वाधीनतका विषयमा कामकाजि मात्रै बनेको र सुकुम्बासी बस्ती लगायतका विषयमा अत्याचारी बनेको आरोप लगाए ।
लिपुलेक बारे देब गुरुङ धारणा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal