काठमाडौं । अब कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । योसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा भौतिक रुपमै गर्ने तयारी थालेको बताइएको छ ।
समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि निर्देशन दिएको छ । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् ।
साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो ।