आज :

राइसी इरानको राष्ट्रपतिले बनेपछि अमेरिकामा हलचल, इजरायलले यसो भन्यो

काठमाडौँ । इरानका क्रान्तिकारी र भ्रष्टाचार विरोधी नेता इब्राहिम राइसी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनको विजयीसँगै अमेरिका र उसका सहयोग देशहरुले चिन्ता व्यक्त गरेका छन् ।

राइसीले तीन प्रतिस्पर्धीलाई ठूलो मतले पछि पार्दै विजयी भएका हुन् । निवर्तमान प्रधानन्यायाधीश समेत रहेका राइसी अमेरिकाको कट्टर विरोधी हुन् । उनलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकाले पश्चिमा राष्ट्रले परिचालन गरेका एजेन्टलाई मृ’त्युदण्ड दिएको भन्दै प्रतिबन्ध लगाएको हो । तर, इरानभित्र राइसी क्रान्तिकारी र लोकप्रिय नेता हुन् ।

वर्तमान राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उनी न्यायापालिका प्रमुख भएका थिए । राइसीले भ्रष्टाचार नियन्त्रण र इरानको आर्थिक समस्या हल गर्ने आफू सबैभन्दा उपयुक्त पात्र भएको बताइएको छ ।

इरान विरोधी पश्चिमा राष्ट्रहरुले राइसीलाई सन् १९८० ताका राजनीतिक बन्दीहरूलाई दिइएको सामूहिक मृत्युदण्डमा छोड्दै आलोचना गरिरहेका छन् । साठी वर्षीय धर्मगुरु रइसीले आफ्नो व्यावसायीक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ ।

यसैबीच इजरेलले इरानमा राइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ । इजरेलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन् । प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आ’णविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन् ।

राइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्ने इरानी सरकारी संचारमाध्यमहरुले बताएका छन् । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ ।

विजयी भएपछि राइसीले इरानमा क्रा’न्तिकारी, मिहिनेती भ्र’ष्टाचारविरोधी सरकार बनाउने प्रतिवद्धता जाहेर गरेका छन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal