आज :

चीनले अन्तरिक्ष स्टेशनमा तीन महिना बस्न तीन जनालाई पठायो, को हुन अन्तरिक्षयात्री ?

काठमाडौँ । चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्नेगरी तीन अन्तरिक्ष यात्रीलाई पठाएको छ । चीनले तीन महिना अन्तरिक्षमै बिताउने गरी तीनलाई विहीबार पठाएको हो ।

चिनले निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताएर पृथ्वी फर्किने छन् । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो ।

बिहीवार चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङ समयानुसार बिहान ९ः२२ मा गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट सो रकेट प्रक्षेपण गरिएको हो ।

यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ । चीनले गएको ६ महिनामा चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे यान उतारेको छ । यी दुवै काम जटिल र चुनौतीपूर्ण बताइएको छ ।

निहको नेतृत्वमा रहेको मिशनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने रहेको छ । यात्रा गर्नुअघि निहले भने, “मेरा धेरै अपेक्षा छन् । हामीले अन्तरिक्षमा नयाँ घर बनाउनु छ र नयाँ प्रविधिहरू परीक्षण गर्नु छ । त्यसैले यो मिशन जटिल र चुनौतीपूर्ण छ । हामी तीन जना मिलेर उचित रूपमा काम गर्दा हाम्रा चुनौतीहरू पार लगाउने मलाई विश्वास छ । यो मिशन पूरा हुन्छ भन्नेमा म विश्वस्त छु ।”

तियन्गोङको १६.६ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ भएको मूल अंश यसअघि नै अन्तरिक्षमा पु¥याइएको थियो । अन्तरिक्ष स्टेशन पूर्ण हुँदा लगभग ७० टनको हुने र त्यसमा आवास, विज्ञान प्रयोगशाला र ठूलो टेलिस्कोप समेत रहनेछ । त्यसका थप अंशहरू आउँदा दुई वर्षमा पटकपटक यात्रुसहित वा यात्रुविहीन गरेर पठाइने योजना छ ।

यी हुन् अन्तरिक्षमा नयाँ घर बनाउन पठाइएका अन्तरिक्षयात्री

छपन्न वर्षीय निह अन्तरिक्षमा जाने सबैभन्दा बढी उमेरका यात्री हुन् । उनी हालसम्म दुई पटक अन्तरिक्ष यात्रामा गइसकेका छन् । उनी सन् २०१३ मा १५ दिनका लागि अन्तरिक्षयात्रामा गएका थिए । निहकासहयात्री ५४ वर्षीय लिउ र ४५ वर्षीय थङ दुवैजना पूर्वसैनिक हुन् । लिउसँग सन् २००८ मा पनि अन्तरिक्षमा गएका थिए । त्यस्तै अर्का हुन् थङ । उनी पहिलो पटक अन्तरिक्षमा गएका हुन् ।

सन् २०१९ मा चीन चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा यान अवतरण गराउने पहिलो राष्ट्र बन्यो । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन योजनामा सहभागी नगरिएकोले चीनले आफ्नो छुट्टै स्टेशन निर्माण गरेको हो ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापान समाविष्ट छन् । चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको समाचार एजेन्सीहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal