आज :

‘कर्णाली आउँ, डाक्टर बनेर जाउँ’

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस अध्यापन अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई २० सिटको अनुमति दिएको छ ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारीले एमबीबीएस कार्यक्रम संचालनको अनुमति पाएको बताए । उनले सिट कम भएपनि एमबीबीएस अध्यापन अनुमति पाउनु खुशीको कुरा भएको बताए ।

यो शैक्षिक शत्रबाट जुम्लास्थित प्रतिस्ठानमा एमबीबीएस अध्यापन हुने भएको छ । प्रतिस्ठान स्थापनको अगुवाई गरेका पूर्वमन्त्री नरेश भण्डारीले खुशी व्यक्त गरेका छन् । जुम्लाबाट कर्णाली प्रदेशसभामा निर्वाचिन भण्डारीले सोमबार साँझ सामाजिक संजालमा खुशी व्यक्त गर्दै ‘सेतो हिउँमा सेतै एप्रनधारी चिकित्सक’ उत्पादन गर्ने सपनाले सार्थकता हासिल गर्ने बताएका छन् ।

पहिलो संविधानसभा चुनावमा जुम्लाबाट निर्वाचित भएपटि संविधान लेखनसँगै भण्डारीले प्रतिस्ठान स्थापनाको अगुवाई गरेका थिए । भण्डारीकै नेतृत्वमा कर्णालीको सेचत युवाहरुले प्रतिस्ठानमा एमबीबीएस कक्षा संचालनको लागि पहल गर्दै आएका थिए । त्यस्तै, प्रतिस्ठानका पदाधिकारीले एबीबीएस कक्षा संचालनको लागि सक्षम रहेको भन्दै सिनेटमा निर्णय गर्दै आएका थिए ।

भण्डारीले कम्तीमा ५० सिट एमबीबीएस अध्यापन अनुमतिको लागि आयोगसँग पटकपटक अनुरोध गरिएको तर २० सिटको मात्रै अनुमति दिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । उनले यो कार्यमा सघाउने सबैलाई धन्यवाद समेत दिँदै, ‘कर्णाली आउँ, डाक्टर बनेर जाउँ’ भनेका छन् ।

भण्डारीले भनेका छन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई एमबीबीएस कार्यक्रम संचालन गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट आज आधिकारिक स्वीकृत प्राप्त भएपश्चात ‘सेतो हिउँमा सेतै एप्रनधारी चिकित्सक’ उत्पादन गर्ने सपनाले सार्थकता हाँसिल गर्न भएको छ । कर्णालीले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को मारेको छ । प्रतिस्ठानले चिकित्साशास्त्रमा स्नातकोत्तर तहको अध्यापन गराइरहेको छ ।मुलकलाई एबीबीएस र विशेषज्ञ डाक्टर उपलब्ध गराउने अबसर कर्णालीलाई मिलेको छ । कम्तीमा ५० सिट एमबीबीएस अध्यापन अनुमतिको लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा पटकपटक अनुरोध गरिएको भएतापनि २० सिट प्राप्त भएको छ । अर्को शैक्षिक सत्रमा आयोगले सिट संख्या थप्ने प्रतिबद्धता जनाएको छ । महान् कार्यमा सघाउने समस्तमा हार्दिक धन्यवाद । कर्णाली आउँ, डाक्टर बनेर जाउँ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal