आज :

आर्थिक अभावकै कारण कलाकार निशाको अवस्था नाजुक, सहयोगको लागि गायीका लक्ष्मीले गरिन अपील

काठमाडौँ । कालकार निशा घिमिरेको अवस्थामा नाजुक हुँदै गएको छ । भारतमा दुर्घ’टनामा परी घाइते निशाको उपचार अभावमा स्वास्थ्य अवस्थामा नाजुक बन्दै गएको हो ।

नेपाली कला क्षेत्रकी आशा लाग्दो पात्रको रुपमा अगाडि आएकी निशा कलाकारितमा उच्च शिक्षाको क्रममा भारतमा दुर्घटनामा परेकी थिइन् । उपचार महंगो र घरका आर्थिक अवस्थामा कमजोर भएकै कारण निशाको उपचारमा समस्या छ ।

ललितपुर स्थायी घर भएकी निशाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । मोडलिङ सिक्न गएको दुई महिनामा भारतको डेरादुनमा कार दु’र्घटना भएको परिवारले जनाएका छन् ।

एउटा सानो झुप्रोमा निशाले मृत्युसँग लडिरहेकी छन् । देशको गहनाको रुपमा हेरिने कलाकारको आर्थिक अभावकै उपचार हुन नसक्नु दुःखद् हो ।

यसैबीच गायीका तथा मोडल लक्ष्मी आचार्यले निशाको उपचारमा सहयोगको अपील गरेकी छन् । उनले आर्थिक अभावकै कारण देशको गहना कलाकारको यस्तो अवस्थामा देख्दा आफूलाई निकै दुःख लागेको बताइन् ।

गायीका आचार्यले देशमा लाखौं कलाकार भएपनि कसैले पनि सहयोग नगरेको बताएकी छन् । उनले एउटा कलाकारले १० हजारको हिसाबले सहयोग उठउने हो भने निशाको उपचार हुने बताएकी छन् । नेपाली कलाकार अर्कालाई समस्या पर्दा कहिलै वास्ता गर्दैनन् भन्दै लक्ष्मीले यसलाई दुःख लाग्दो कुरा भएको बताउँछन् ।

सबै कलाकारहरुले हातेमालो गरेर निशालाई बचाउन अपील समेत लक्ष्मीले गरेकी छन् ।

लक्ष्मीले सामाजिक संजालमा लेखेकी छन्ः नेपालका लाखौं कलाकार के हेरेर बसेका छन् ? नेपालमा यत्रो कलाकार छन् तर सहयोग गरेको कतै देखिँदैन । सम्पूर्ण कालाकाहरुले एक अर्कालाई परेको समस्यामा कहिल्यै वास्ता गर्दैनन् । सम्पूर्ण कलाकारहरुले १० हजारको दरले सहयोग उठाउने हो भने निशाको सहज रुपमा उपचार हुन्छ । तर, नेपाली कलाकारहरुले एक अर्कालाई समस्यामा पर्दा कहिल्यै वास्ता गर्दैनन् । यो एकदमै दुःख लाग्दो कुरो छ । सबैले हातेमालो गरेर निशालाई बचाऔं ।

सहयोगको अपील गर्दै लक्ष्मीले फेरि लेख्छिन्ः नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । उनको यो अवस्था देख्दा निःशब्द छु । कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घ’टनामा परी उपचारको अभावले यो अवस्थामा पुगेको देख्दा निकै दुःखी छु । केही दिन पहिले टिकटकमा उहाँको यस्ता नाजुक अवस्था देख्दा मेरो मात्र होइन देख्ने जो कोहीको आँखा रसाउछ होला सायद । राष्ट्रको गहना निशा उपचारको अभावमा जीवनमरणमा दोसाँधमा छन् । मेरो अनुरोध हाम्रो सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्छिन् । त्यसैले सहयोगी मनहरुले सनसाइज बैंकमा निशाका बुबा प्रेम प्रसाद घिमिेको नाममा रहेको खाना नं. ०८४०६१३६१३२०५००१ मा सहयोग गर्न सक्नु हुनेछ । निशाका बुबाको मोवाइल नम्बर ९८५१२३८९५१ मा सम्पर्क सक्नु हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal