आज :

मुख्यमन्त्री त्रिलोचन भट्टलाई मत नदिने ओली समूहका ७ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले) ओली समूहका सांसदलाई स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेशसभा दलले लगाएको ह्वीप उलंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

एमाले प्रदेशसभा दलका नेता प्रकाश बहादुर शाहले मुख्यमन्त्री भट्टलाई मत नदिने ७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । शाहले प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपाल चौधरी र बलदेव रेग्मीलाई मत नदिनुको कारण २४ घण्टाभित्र दिन भनेका छन् बुधबार दिउँसो ५ बजेभित्र स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । दलका बैठक बसेर मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेको थियो ।

एमालेको स्थायी समिति बैठकपछि अध्यक्ष केपी ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएका थिए । तर, प्रदेशसभामा नेता माधव कुमार नेपाल समूहले बहुमतले समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । उक्त निर्णयसँगै मन्त्रिमण्डल हेरफेर गरिएको थियो ।

पहिला तीन मन्त्री सहभागी थिए भने पछि चार मन्त्री र तीन राज्यमन्त्री सरकारमा सहभागी भए । त्यसपछि एमालेको सुदूरपश्चिममा पनि विवाद उत्कर्षमा पुगेको थियो ।

आज एमालेको ओली समूहले पार्टी ह्वीप लगाउँदै मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न ह्वीप लगाएको थियो । तर, त्यसलाई दलले अस्वीकार गर्दै विश्वासको मत दियो । ओली समूहले पार्टी ह्वीप उलंघन गर्ने सांसदलाई कारवाही गर्ने बताइसकेको छ । फेरि दलका नेताले ओली समूहका सांसदलाई स्पष्टीकरण सोधेको छ । यसले पनि एमालेको विवाद झन चर्किने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal