आज :

विप्लवको निर्देशन कार्यान्वयन गर्दै मञ्च, खाद्यान्नपछि जेलमा रहेका नेता-कार्यकर्तालाई कपडा वितरण

काठमाडौँ ।  जनगणतान्त्रिक सम्पर्क मञ्चले राजनीतिक आस्थाकै कारण जेल जीवन विताईरहेका आफ्ना सहकर्मीहरुलाई शुक्रबार लत्ता कपडा वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रवीक्रम चन्द ‘विप्लव’ले हालै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जति सकिन्छ आहतमा परेका जनतालाई राहत दिन आदेश दिएका थिए । सोही आदेश अनुसार जेठ १५ गते देखि कोरोना संक्रमण र निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई खाद्यान्न सहयोग हस्तान्त्रण कार्य गर्दै आएको छ ।

सो कार्यलाई निरन्तरता दिदै ललितपुर स्थित नख्खु कारागरमा रहेका १० जनालाई १/१ जोड कपडा, काठमाडौंको चारखाल स्थित डिल्ललीबजार कारागारमा रहेका ३ जना र सुन्धारा स्थित केन्द्रीय कारागारमा ५ जना र भद्रगोल जेलमा गरी १९ जना राजबन्दीहरुलाई १/१ जोड कपडा र रकम वितरण गरेको मञ्चले बताएको हो ।

मञ्चको केन्द्रीय समन्वय समितिले निषेधाज्ञामा समस्या परेका सहिद परिवार, जेल जीवनमा रहेका व्यक्तिका परिवार, अग्रमोर्चामा रहेर समाचार संकलन गरिरहेका र समस्या परेका पत्रकारको लागि संकलन गरिएका सहयोग सामाग्री गत शनिबारदेखि हस्तान्त्रण तथा वितरण थालेको थियो ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी, नेकपाका युवा नेता तथा मंचका नेता अर्जुन कटुवाल, दुर्गा अधिकारी, बुद्धि ढुंगाना, विक्रम पौडेलले महासचि विप्लवको आदेशलाई निरन्तर लागु गर्ने र एउटा सुन्दर र सभ्य समाज बनाउन आफूहरु सानातिना बाधा र अवरोधहरुलाई पैतलाले कुल्चदै अघि बढ्ने कुरा अनलाइन डबलीसँग बताए ।

त्यसैगरी आफू्हरुले सो कार्यलाई थप मजबुद बनाउँदै अगाडी बढाउने पनि बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा संवाद डबलीका सचिब धनन्जय बुढाले कारागारमा पुगेर लत्ताकपडा तथा रुपैयाँ वितरण गरेका थिए ।

सहयोग अभियानको समन्वय रेडियो मिर्मिरेका अध्यक्ष घनश्याम श्रेष्ठ ‘पुष्कर’ले गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal