आज :

आज फेरि संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा ? यस्तो छ संविधानमा व्यवस्था

काठमाडौँ । आज फेरि संसद विघनट गरी मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ । बालुवाटार स्रोतका अनुसार संविधानको मन्त्रिपरिषद् गठनको सम्बन्धी संविधानको धारा ७६ को उपधारा ५ मा अनुसार नयाँ सरकार गठन हुन नसकेमा त्यसलाई उपचार ७ मा व्यवस्था गरिएको छ, “उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।” संविधानको यही धारामा टेकेर प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदैछ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यदेवी भण्डारीलाई सिफारिस गरेको थियो । सिफारिसको केही समयपछि भण्डारीले साँझ ५ बजेको समय सीमा दिएर नयाँ सरकारको लागि दाबी गर्न समय दिएकी छन् ।

ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिन नसकेपछि संविधानअनुसार संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । तर, ओलीले विश्वासको मत पाउने आधार नभएको भन्दै नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई यति थाहा छ की आज साँझ ५ बजेसम्म कुनै पनि राजनीतिक पार्टीले विश्वासको मत पाउने आधार बन्दैन् । बहुमत पुर्याउने आधार पेश गरेपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्छन् । तर त्यो राष्ट्रपतिले विश्वास गर्ने आधार पेश गर्नुपर्ने हुन्छ । संसदको कुनै पनि सदस्यले बहुमत पुर्याउने आधार पेश गर्न नसकेर नयाँ प्रधानमन्त्री नियुक्त हुन नसके प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ । त्यसको लागि प्रधानमन्त्रीले सिफारिस गर्नुपर्छ ।

त्यस्तै, दाबी पेश गरी प्रधानमन्त्री भएका व्यक्तिले ३० दिनभित्र विश्वासको मत लिन नसके पनि संसद विघटन गर्न सक्ने व्यवस्था छ । तर, यो विकल्पमा गए ओलीले प्रधानमन्त्री पद छोड्नुपर्छ र नयाँ व्यक्ति प्रधानमन्त्री हुन्छन् । ओली त्यो विकल्पमा नगई आजै संसद विघटनको तयारीमा लागेको बताइएको छ ।

जनता समाजवादी पार्टीले सरकारमा सहभागी नहुने बताइसकेको अवस्थामा ओली बाहेकको व्यक्तिले बहुमत पुर्याउन सक्ने आधार पेश गर्न सक्ने छैनन् । सरकारको दाबी गरिरहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत पुर्याउन एमालेको नेपाल समूहका कम्तिमा पनि २५ सांसदले रानिजामा गर्नुपर्ने हुन्छ । त्यो अहिले तत्काल सम्भव छैन । नेपाल समूहसँग ओलीले वार्ता र छलफल अगाडि बढाएकोले अहिले नै सामुहिक राजिनामा नदिने नेपाल समूहका नेताहरुले सार्वजनिक रुपमै बताइरहेका छन् ।

संसदको अहिलेको अंक गणितलाई हेर्दा भोलि नै विश्वासको मत पाउने आधार पेश गर्न कुनै पनि दल वा सांसले पेश गर्न सक्ने अवस्था छैन । यसैलाई आधार बनाएर राष्ट्रपतिले दाबी गरेकालाई बहुमत पुर्याउने आधार नमान्ने र नयाँ सरकार नबन्ने सम्भावना बढी छ । यदि नयाँ सरकार नबन्ने अवस्थामा आएमा प्रधानमन्त्री ओलीले फेरि नयाँ सरकार नबन्ने अवस्थामा संसद विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गर्ने देखिन्छ ।

यसैबीच प्रधानमन्त्री र राष्ट्रपतिको नयाँ कदमलाई असंवैधानिक भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यसलाई कानुनीरुपमै चुनौती दिने त नदेएपनि कानुनविदहरुले यसलाई असंवैधानिक र गलत नियत भएको बताएका छन् । ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएको संवैधानिक व्यवस्था छ । तर, प्रधानमन्त्रीले ३० दिन पूरा नहुँदै र राजिनामा नदिएरै मार्ग प्रशस्त गरेको सिफारिस गर्नु गैरकानुनी भएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बताएको छ । यो केबल विरोध मात्रै हुनेछ । तर, साँझ ५ बजेसम्म नयाँ सरकार बन्ने आधार वा विपक्षीले बहुमत पुर्याउन नसके संसद विघटन ुहुने राजनीतिक विश्लेषकहरुले तर्क गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पनि विश्वासको मत नपाउने र अर्को सदस्यले पनि बहुमत पुर्याउने आधार नभएकोले संसद विघटन नै अबको विकल्प हो । यो सरकार अब चुनावी सरकार हुन्छ । हिजो सर्वोच्च अदालतले नियुक्त बदर गरेका सातै मन्त्रीहरुले पनि निरन्तरता पाउनेछन् । संसद नै नरहने अवस्थमा सर्वोच्चको आदेशको अर्थ नहुने बताइएको छ ।

यस्तो मन्त्रिपरिषद गठन सम्बन्धी संवैधानिक व्यवस्था

७६. मन्त्रिपरिषदको गठनः

(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।
(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।

(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।

(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।
(६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

(७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
(८) यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।

(९) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal