आज :

नगेन्द्र घलेको अगुवाइमा बेलायतबाट ३१ जनाले सहयोग गरे क्यान्सर पीडितलाई

काठमाडौं । नगेन्द्र घले (रिल्ली)को अगुवाईमा बेलायत निवासी ३१ जना नेपालीले क्यान्सर पीडित पिताम्बर गुरुङलाई २ हजार १ सय ६४ पाउण्ड अथार्त ३ लाख ४६ हजार २ सय ४० नेपाली रुपैयाँ सहयोग गरेको काठमाडौं निवासी चन्द्र घलेले अनलाईन डबलीलाई बताएका छन् । हालै राजधानीमा सहयोग हस्तान्तरण कार्यक्रम गरि पीडित गुरुङलाई सहयोग प्रदान गरेका थिए ।

संखुवासभा जिल्ला साबिकको बाह्रबिसे फुकाम हाल परिवर्तित भई सभापोखरी–३ फुकाम निवासी ६१ वर्षिय गुरुङ विगत लामो समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेको चन्द्र घलेले बताए ।घलेले पीडित गुरुङको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै उनलाई उपचारको लागि बेलायतबाट आएको रकम हस्तान्तरण गर्दै यस्तै मनकारी देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभईहरुमा थप सहयोगको लागि अपिलसमेत गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal