काठमाडौं । स्वास्थ्य सेवा विभागले करार र ज्यालादारीका कर्मचारीलाई साउन १ गतेदेखि सेवा बात हटाउने भएको छ ।
विभागले आज शुक्रबार सूचना जारी गर्दै साउनदेखि करार तथा ज्यालादारीमा रहेका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिन नसकिने उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयबाट कानुनबमोजिम करार नियुक्ति गर्ने सहमतिमा फाइल उठिसकेकाले अर्थबाट सहमति नआएसम्म उनीहरूलाई राख्न नसकिने सूचनामा उल्लेख छ । स्वास्थ्य सेवामा हाल दरबन्दीका कर्मचारीको संख्या करिब ३१ हजार रहेका छन् ।