आज :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक कर्णालीकै उपकुलपति डा.रावल

काठमाडौं । कर्णालीको स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी भूमिका र चर्चामा रहेकोे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका निवासी डा.मंगल रावल उपकुलपतिमा आइतबार नियुक्त भएका छन् ।

यसअघि कर्णाली बाहिरबाट उपकुलपति हुँदै आएकोमा पहिलो पटक कर्णालीकै उपकुलपति बन्नु खुसिको बिषय भएको हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामा बताउँछन् । हरेक हिसाबले पछाडी मानिने कार्णालीमा दक्ष जनशक्तिको अभावले बाहिरबाट ल्याउनु पर्ने बाध्यता जस्तै थियो भन्छन् सांसद लामा, उनका अनुसार सबैभन्दा कम्जोर मानिने हुम्ला जिल्लाबाटै यति महत्वपूर्ण ठाउँमा डा.मंगल पुग्नुले सबै हुम्ली गौरवान्वित भएका छन् ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो । सिफारिस समितिले डा. रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal