आज :

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा, एकैदिन दुई नयाँ आउटलेट संचालनमा

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औं आउटलेट प्रदेश नम्बर १ को झापा का प्रमुख बजारहरु बिर्तामोड र दमकमा सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रदेश नम्बर १ का आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्ना नयाँ आउटलेटहरु प्रमुख शहरहरुमा संचालनमा ल्याएको हो । नयाँ आउटलेटहरु क्लासिक टेकले बिर्तामोडको धन सूर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदिप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए । संचालनमा ल्याएको नयाँ आउटलेटहरुबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरुमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना लिएको छ । यी आउटलेटहरुबाट तिब्र रुपमा ग्राहकहरुलाई सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिंग र मार्केटिंगका लागि राखिएको छ ।

यसअघि देखि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरुको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।

नयाँ आउटलेटहरु संचालनमा आएसँगै नेपालको पूर्वी भेगको प्रमुख शहरहरुमा ग्राहकहरुले घर नजिकबाटै कम्पनीको सेवा लिनसक्ने बताए ।झापाको बिर्तामोड र दमक, नेपालको पूर्व क्षेत्रका प्रमुख शहरहरु हुन जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकहरुले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन् । अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं ।“कम्पनी को इस्ट रिजन का डेपुटी चिफ रिजनल अफिसर भुपाल सिंह कार्कीले भने ।

कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal