आज :

आज जनयुद्ध दिवसः उपलब्धी र बलिदानको सम्झनासहित विविध कार्यक्रम गरी मनाइँदै 

काठमाडौं । आज फागुन १ गते । २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भएको २६ वर्ष पुगेको छ । माओवादीहरुले विगतमाझैं यस पटक पनि विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइरहेका छन् ।

जनयुद्धको क्रममा ठूलाठूला फौजी हमलासहित सांस्कृति उत्सवसको रुपमा जनयुद्ध दिवस मनान्थ्यो । तर, शान्ति प्रक्रियासँगै जनयुद्ध दिवस पनि शान्तिपूर्ण कार्यक्रम गरी मनाउन थालियो । बलिदान, त्याग र समर्पणको सम्झनासहित जनयुद्धका जनयुद्धका उपलब्धीबारे चर्चा र बहस गरी जनयुद्ध दिवस मनाइन्छ ।

पूर्वमाओवादीहरुमा राजनीतिक विषयमा विवाद भएपनि जनयुद्धका उपलब्धीको रक्षा र बलिदानको सम्मानमा भने एक ठाउँमा उभिँदै आएका छन् । जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड जनयुद्धका उपलब्धी रक्षा र बाँकी कार्यभारबाट पछि हटेको भन्दै माओवादीमा विभाजन आएको थियो ।

अहिले जनयुद्धकालिन माओवादी विभिन्न धारा र ध्रुवमा विभाजन भएका छन् । मुख्यगरी तीन धारा छन् । नेतृत्वकर्ता प्रचण्ड संसदीय व्यवस्थाको अभ्यासबाट जनयुद्धका उपलब्धीको रक्षा गर्ने भनिरहेका छन् भने विप्लव फेरि पनि संघर्षको बाटोमा छन् । त्यस्तै, मोहन वैद्यले चुनावको उपयोगसहित जनविद्रोहको लाइनमै छन् ।

आज उनीहरुले फरक फरक शैलीमा जनयुद्ध दिवस मनाइरहेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रमसहित जनयुद्ध दिवस मनाइरहेको छ । जनयुद्धको पूर्वसन्ध्यासमा नेकपाका नेता कार्यकर्ताहरुले शुक्रबार साँझ देशभर मशाल जुलुस निकालेका थिए । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइरहेको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा सहिदहरुप्रति सम्मान कार्यक्रम राखिएको नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

राज्यसत्ता प्राप्त नभएसम्म हतियार नबिसाउने प्रतिवद्धतासहित सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा आएको थियो । जनयुद्धका उपलब्धीको स्वमित्वसहित रक्षा गर्न नसक्दा माओवादी आन्दोलन विसर्जन हुन पुगेको छ । सहिद, बेपत्ता र घाइतेका सपना सडकमा पुगेका छन् । सहिद, वेपत्ताका परिवार र घाइते योद्धाहरु सडकमा भौतारिरहेका छन् भने जनयुद्ध लडेका योद्धाहरु जीवन धान्न खाडीको गर्मीमा पसिना बगाइरहेका छन् । विस्तृत शान्ति सम्झौता भएको झण्डै १५ वर्ष भइसक्दा तत्कालिन राज्य र माओवादीबीच भएका सहमति र सम्झौता कार्यन्वयन हुन सकेका छैनन् ।

रोल्पा, सिन्धुली र गोरखामा फौझी संघर्षसहित एकसाथ सुरु भएको जनयुद्ध आफ्नै सेना, जनसत्ता, जनअदालत हुँदै देशको ८० प्रतिशत भूभाग नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal