आज :

म्यानमारमा सैनिक सरकार दमनमा उत्रियो

काठमाडौँ । नागरिक सत्ता कब्जामा लिएको म्यानमारमा सैनिक सरकारले दमनको बाटो लिएको छ । ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली प्रहार गर्न लागेको छ । ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरासमेत प्रहार गरेको छ ।

म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौँ दिन हो । प्रदर्शनमा शिक्षक, कानुन व्यवसायी, कर्मचारी लगायतको सहभागिता छ । म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायतको रिहाइको लागि दबावमूलक प्रदर्शनहरू भइरहेका छन् । हजारौंको संख्यामा रहेका प्रदर्शनलाई म्यानमारमा पछिल्लो एक दशक यताको सबैभन्दा ठूलो प्रदर्शनको रूपमा लिइएको छ ।

जनता सडकमा ओर्लिएपछि सेनाले ठूलो जमात भेला हुन प्रतिबन्ध लगाएको छ । ५ जनाभन्दा बढी व्यक्ति सार्वजनिक स्थानमा जम्मा हुन नपाइने आदेश दिइएको छ । केही शहरहरूमा राति कर्फ्यूसमेत लागू गरिएको छ । तर, सेनाको आदेशको अवज्ञा गर्दै हजारौं जनता विरोध प्रदर्शनमा उत्रिएका छन् । सैन्य ‘कू’को विश्वभर आलोचना भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal