आज :

इङ्ग्लिस प्रिमियर लिग फुटबलः म्यानचेस्टर र एभर्टन बराबरी, एस्टोन आठौं स्थानमा पुग्यो

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले बराबरी गोल गरेका छन् । गएराति भएको खेलमा युनाइटेडलाई बराबरीमा रोकेसँगै एभर्टन छैठौं स्थानमा उक्लिएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ३–३ गोलको बराबरी खेल्दै एभर्टन छैठौं स्थानमा उक्लिएको हो । यस्तै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार त्यसैगरी गएराति भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै एस्टोन भिल्ला आठौँ स्थानमा उक्लिएको हो । गएराति भएको अर्को खेलमा बर्नली र ब्राइजटोनले १–१ गोलको बराबरी खेलेका छन् भने फुलह्याम र वेष्ट ह्यामबीचको खेलमा दुवै समूहले गोल गर्न सकेनन् ।

अतिरिक्त समयमा पनि यी दुई समूहबीचको खेल गोलरहित बराबरीमा सकिएको हो । यस्तै न्युक्यासल युनाइटेडले साउथ ह्याम्टनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जारी लिगमा म्यानचेस्टर सिटी ४७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal