आज :

सर्वोच्च अदालतद्वारा प्रधानमन्त्री ओलीलाई पाँच दिनभित्र लिखित ‍जवाफसहित उपस्थित हुन आदेश 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको अवहेलना मुद्दामा सर्वोच्चले विहीबार प्रधानमन्त्री ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

अदालनको अवहेलना गरेको भन्दै ओलीविरुद्ध दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका थिए । आफैलाई ज्यानमुद्दाबाट बचाउने भण्डारीको अपमान गर्दै ओलीले सार्वजनिक कार्यक्रममा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्दै अपमान गरेका थिए । उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए ।

त्यसैगरी विहीबार नै सर्वोच्च अदालतले चारजना पूर्वप्रधानन्यायाधीश र एकजना पूर्वसभामुखलाई पनि लिखित जवाफसाहित पाँच दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको बिहीबारको एकल इजलासले प्रधानमन्त्री ओलीसँगै चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ५ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि उपस्थित हुन आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।

त्यसैगरी पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका थिए । ढुंगानाले विदेशमा न्यायाधीशरूलाई इजलासबाट सडकमा ल्याएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्ने अवस्था नआओस् भनेर अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै घिमिरेले रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal