आज :

अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनले समाले सत्ताको बागडोर, मेक्सिको सीमामा पर्खाल नलगाउने

काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्वारीले सत्ताको बागडोर समालेका छन् । नेपाली समयअनुसार बुधबार राति १० बजे शपथ समारोहबीच ह्वाइट हाउसको चावी औपचारिक रुपमा समाएका छन् ।

कडा सुरक्षाबीच शपथ समारोहमा विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए ।

बाइडनले पदभार सम्हालेपछि अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पुनः फर्किने घोषणा गरेका थिए । त्यस्तै ट्रम्पले निकै महत्व दिएको मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम पनि बाइडनले रोक्ने जनाएका छन् ।

यसैबीच युरोपेली सङ्घले अमेरिकामा जो बाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्।

आजै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट निजि निवासतिर लागेका छन् । नयाँ राष्ट्रपतिको शपथ समारोहमा सहभागी हुने परम्परा भएपनि ट्रम्पले बाइडनको शपथ समारोह बहिस्कार गरेका छन् ।

बिदा हुनु एक दिन पहिले नरम भाषण गरेका ट्रम्पले आज भने कडा चुनौती दिँदै ह्ववाट हाउसबाट बिदा भएका थिए । उनले अमेरिकामा देखिएको आन्दोलन सुरु मात्रै भएको चेतावनी दिए ।

शपथ समारोहमा ट्रम्पका समर्थकले हिं सा भड्काउन सक्ने भन्दै अमेरिकाका ५० वटै राज्यमा कडा सुरक्षा दिइएको छ भने वासिङ्टन डिसीका केही स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal