आज :

पूर्व जर्नेल बस्नेतले भनेः देशका दुश्मन संसदीय व्यवस्था र दलालहरु लखेट्न विप्लवलाई साथ दिन्छौं (भिडियो सहित)

काठमाडौं । पूर्वजर्नेल डा. प्रेम सिंह बस्नेतले संसदीय व्यवस्था र दलालहरु देशका दुश्मन भएको बताउँदै तीनलाई हटाउन विद्राही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई साथ दिन तयार भएको बताएका छन् ।  डा. बस्नेतले ‘कुकुरलाई खसीको मासु बनाउने’ संसद र संसदीय व्यवस्था देशका निम्ति अभिसाप भएको बताए । उनले त्यसमा रहेर चलखेल गर्ने दलालहरुलाई लखेट्न यो देशमा विप्लवको आवश्यकता भएकोसमेत बताएका छन् ।

शनिबार नेकपा (मओवादी केन्द्र)ले ‘राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै  पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा आलीले गरेको संसद विघटनले जनतालाई झनै निराश बनाएकोसमेत बताए । आफूलाई कम्युनिष्ट भन्ने, त्यसैको आडमा सत्तामा जाने तर न्यूनतमरुपमा कम्युनिष्ट चरित्रसमेत नदेखाउने भन्दै,“केपी ओली, प्रचण्ड कमरेडहरु, के तपाईहरुमा कमरेडीपना छ ? के तपाईँहरु एकले अर्कोलाई कमरेडली व्यवहार गर्नु भएको छ ? के तपाईँहरु साँच्चिकै कम्युनिष्ट हो ? होइन वास्तविक कम्युनिष्ट तपाईँहरुजस्तो हुनै सक्दैनन् ।”

डा.बस्नेतले दुई तिहाई नजिकको कम्युनिष्ट सत्ताले देशलाई कानुनी राज्य र स्थिर राजनीतिक व्यवस्थासहित स्वतन्त्र, शान्त र स्वाभिमानी बाटोतिर अभिमुख गराउला भन्ने जनताले अपेक्षा गरेको तर त्यसको ठिक उल्टो दिशातिर गएको भन्दै आक्रोस व्यक्त गरे । वर्तमान राजनीतिक अकर्मन्यतालाई हल गर्न विप्लव जस्तो सच्चा देश भक्तको देशमा खाँचो भएपनि उनले लिएको बाटो भने गलत भएकोसमेत बस्नेतले जिकीर गर्दै भने,“विप्लव जी तपाई जतिको इमान्दार नेताले जमिन मुनिको संघर्ष होइन अब बैद्य जस्ता सच्चा इमान्दार क्रान्तिकारीहरुसंग एकता गर्नुस अनि यो देशबाट दलालहरु लखेट्न नेपाली जनता तपाईहरुलाई साथ दिन तयार छन् ।”

देशको वास्तविक समस्या आफूहरुले ठम्याईसकेको र त्यसलाई हटाएर जनपक्षिय व्यवस्थाको लागि विप्लवले देश भक्त र जनपक्षिय सबैलाई समेटेर अघि बढे आफू पनि उनको पार्टीमा आउन तयार भएको बताएका छन् । बस्नेतले आफू कुनै पार्टी र कुनै व्यक्ति विशेषको मान्छे नभएपनि विपीवादको अनुयायी भएको तर अहिलेका काङ्ग्रेसीहरुले त्यसलाई गन्दा बनाइसकेको बताउदै,“अहिलेको झल्लु तथा फटाहा कांग्रेसीहरुले विपीवादलाई बेचेर खाइसके ।”

आफू यस देशका कुनै पनि पक्षमा नरहेको भएपनि देशभक्तहरुको नीम्ति जहिले ओकालत गर्ने र आवश्यक परे सबै किसीमको साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । दशवर्षे जनयुद्धमा आफू श्री ५को सरकार तथा नेपाली सेनाको तर्फबाट लडेपनि त्यो समयमा आफूले विद्रोही पक्षबाट होस वा सत्ताको पक्षबाट जहिले पनि देशमा दीर्घकालिन समाधान र कानुनी राज्यको अपेक्षा गरे पनि त्यो पुरा हुन नसकेकोप्रति आक्रोस पोखे । लामो संघर्षपछि पनि पुनः अस्थिरता तर्फ देश मोडिनु दुर्भाग्य भएको बताउदै नेताहरुलाई प्रश्न गरे,“केपीओली कम्रेड, प्रचण्ड कम्रेड खोइत तपाईहरुसँग कम्रेडी पना ? तपाईहरु हाम्रा देशभक्त राष्ट्र निर्माता पृथ्वीनारायणहरुलाई गाली गर्नुहुन्छ, तपाईहरुले देश बिगार्न बाहेक के गर्नु भयो ?”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal