आज :

आजबाट भारतमा कोरोना खोप लगाउन सुरु, एक डोजको कति रुपैयाँ ?

काठमाडौं । आजबाट भारतमा कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुले रोना खोप कार्यक्रमका लागि आवश्यक तयारी भइसकेको बताएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन कोरोना खोपलाई भारतले प्रयोग अनुमति दिएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति  दिएको छ ।

यी खोप पहिलो चरणमा डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका कर्मचारी र स्वयमसेवकहरुलाई कोरोना खोप लगाइनेछ । भारतमा सरकारी र निजी अस्पतालका गरी ८० लाखदेखि एक करोडसम्म स्वास्थ्यकर्मीहरु रहेका छन् । स्वास्थ्यकर्मीपछि करिब दुई करोड प्रहरी, सेना, स्यानिटाइजेसन कर्मचारीहरुलाई कोरोना खोप दिने तयारी गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुरक्षाकर्मीपछि ५० वर्षभन्दा माथि उमेरका र गम्भीर रोगको सामना गरिरहेका सो उमेर समूहभन्दा कम उमेरका मानिसहरुलाई पनि कोरोना खोप दिइने बताइएको छ । यो संख्या भारतमा यो संख्या २७ करोड रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । त्यस्तै कोरोना संक्रमण धेरै भएको क्षेत्रका मानिसहरुलाई बढी प्राथमिकता दिइनेछ ।

यी दुबै खोप भारतमै बनाइएका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले एक करोड १० लाख डोज कोभिसिल्ड र ५५ लाख कोभ्याक्सिन खोप खरिद गरिसकेको बताएको छ । भारतले आगामी जुन महिनासम्म ३० करोड मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको छ ।

भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले यसअघि सबै नागरिकलाई खोप निःशुल्करुपमा उपलब्ध गराइने बताएका थिए तर अहिले कुनै प्रतिक्रिया दिएका छैनन् । खोप निःशूल्क वा सशुल्क भन्नेबारे भारतीय मिडियाले फरकफरक समाचार सम्प्रेशण गरेका छन् ।

कोरोना खोपको मूल्य पनि फरकफरक छ । सेरम इन्सस्टिच्युटले सरकारलाई उपलब्ध गराउने खोपको भाउ दुईदेखि तीनसय भारु रहने बताएको छ । भारत बायोटेकले भने आफ्नो खोपको भाउ खरिदको परिमाणमा निर्भर रहने बताएको छ । साढे ३८ लाख डोज खोपको लागि २९५ रुपैयाँ तोकेको कम्पनीले ५५ लाख डोज खरिद गर्दा सरकारलाई २०६ भारुमा खोप उपलब्ध गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal