आज :

(नेकपा) का सचेतक रावलमाथि लगाएको आरोप झुट सावित, अदालतले दियो सफाइ

धनगढी । नेपाल कम्युष्टि पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतक अक्कलबहादुर रावलमाथि लगाएको आरोप झुट सावित भएको छ । रावलमाथि लगाएको आरोप झुट भएको प्रमाण भएपछि बुधबार जिल्ला अदालत कैलालीले सफाइ दिएको हो ।

(नेकपा) का प्रखर वक्ता समेत रहेका सचेतक रावलमाथि गत माघमा जवरजस्ती करणी मुद्धा लगाएर फसाउन खोजिएको थियो । जिल्ला अदालत कैलालीको १ नम्बरको इजलास रावललाइ सफाइ दिएको छ ।

अछामको क्षेत्र नम्बर २ क्षेत्रको प्रदेशसभा क बाट निर्वाचित रावललाई फसाउने नियतले एक महिलालाई प्रयोग गरी जबरजस्ती करणकी मुद्दा हाल्न लगाइएको थियो । ती महिलाले सांसद रावलले आफूमाथि जबरजस्ती करणको कुनै प्रयास नगरेको भन्ने बयन दिएकी थिइन् ।

अदालतले सफाइ दिएसँगै रावल मन्त्री बन्ने चर्चा चलेको छ । आजै मात्र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले राजिनामा दिएका छन् । उनी पनि अछामबाटै प्रदेशसभामा निर्वाचित भएका थिए ।

(नेकपा) को विभाजनपछि मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहतिर लागेका छन् । ओली समूहतिर लागेका मन्त्रीले राजिनामा दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal