आज :

आज सर्वदलीय बैठक बस्दै, राजावादीको आन्दोलन मुख्य एजेण्डा

काठमाडौं । आज सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । समसामुहिक विषयमा छलफल गर्न भन्दै ओलीले सोमबार सर्वदलीय बैठक बोलाउने निर्णय गरेका थिए ।

काठमाडौंसहित देशका मुख्य शहरमा राजावादीले गणतन्त्रविरुद्ध नारा लगाइरहेको बेला सुझाव लिन सरकारले सर्वदलिय बैठक बोलाइएको हो । आजको बैठकको एजेण्डा समसामुहिक भनिएनि राजतन्त्रको पक्षमा भएको प्रदर्शनबारे छलफल गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीलाई बैठकमा बोलाइएको छ ।

राजावादीहरुले गणतन्त्र, धर्म निरषेक्ष र संघीयताविरुद्ध संघीय राजवादी काठमाडौंसहित देशका मुख्य शहरमा आन्दोलन जारी राखेका छन् । सुरुमा सानो संख्यामा देखिएका राजावादीको आन्दोलनमा सरकार लचक भएपछि हजर‍ौंको संख्यामा सडकमा निस्किएका छन् ।

राजावादीको आन्दोलनबारे सबै राजानीतिक पार्टीबीच समान धारण बनाउन बैठक बोलाइएको स्रोतका दाबी छ । राजावादीको आन्दोलनप्रति लचिलो भएको भन्दै विरोध हुन थालेपनि सरकार ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

स्रोतको दाबीअनुसार राजावादीको आन्दोलनले गणतन्त, धर्म निरपेक्ष र संघीयताविरुद्ध गलत धारणा बन्ने भन्दै आन्दोलन नियन्त्रण गर्ने गृह मन्त्रालयले तयारी गरेको छ । कोरोना भाइरस संक्रमण फैलिने भन्दै स्थानीय प्रशासनले प्रदर्शन नगर्न दिएको चेतवानीको बेवास्ता गर्दै राजावादीहरु सडकमा निस्किरहेका छन् ।

यसअघि बैशाख ३१ गते प्रधानमन्त्री ओलीले नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएका थिए ।

यसैबीच आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ ।

प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक-कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal