आज :

सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिँदै

काठमाडौं । सरकारले आज सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गर्दैछ ।  विश्वकै सर्वोच्च शिखरको उचाई सरकारले आफै मापन गरेको थियो । नापी विभागको आफ्नै जनशक्ति प्रयोग गरेर विभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरु प्रशोधन गरि सगरमाथाको उचाई सम्बन्धी पछिल्लो परिणाम तयार गरेको हो ।

भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आज दिउँसो २ बजे सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिने बताइन् । उक्त कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

सोही अबसरमा सगरमाथाको हालको उचाई मापनमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गर्ने मन्त्रालयले तयारी गरेको छ ।

सरकारले आफनै साधन स्रोतबाट पहिलो पटक सगरमाथाको उचाई नापेको थियो । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको थियो । नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ ।

सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको छ ।

वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्वेमा काठमाडौंका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । यसलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ । त्यसपछि भारतले सगरमाथाको उचाइ नाप्न खोजेको थियो तर नेपालले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूको सुझावसमेत लिएर आफैँले सगरमाथाको उचाइ मापन गर्ने घोषणासहित काम अगाडि बढाएको हो ।

गत वर्ष डिसेम्बरमा नै उचाइ सार्वजनिक गर्ने गरी समय तोकिएको थियो । तोकिएको समयमा काम हुन नसक्दा करिब एक वर्ष ढिलो हुन गएको मन्त्रालयका प्रवक्ता जनकराज जोशी बताउँछन् । उनले तथ्याङ्क प्रशोधनमा समय बढी लागेकाले केही ढिलो भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal