काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारी युवाहरु नयाँ बानेश्वरस्थित संसद भवनको वालमा चढ्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीका अनुसार भिड नियन्त्रणमा लिन प्रयास गरिएको हो । तर, प्रदर्शनस्थलमा भएको हाम्रा संवाददाताका अनुसार प्रहरीले रबरको गोली चलाएको छ ।
त्यसअघि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो ।
यसैबीच प्रदर्शनकारी युवाहरुको भिड नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।
प्रदर्शनकारीहरु निशेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली





