आज :

पहिरो पीडित ४ जनालाई सेनाले उद्धार गरी अस्पताल पुर्‍यायाे

  • अनलाइन डबली

विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ ।

घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पु¥याएको बताइएको छ ।

आइतबार पनि नेपाली सेनाले गर्भवती महिला सहित दुई जनालाइ उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal