आज :

आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले गर्यो झण्डै २२ करोड भुक्तानी

  • अनलाइन डबली

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ ।

हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत २१ करोड ७४ लाख ४५ हजार ८३१ भुक्तानी गरेको जनाएको छ ।

उक्त दावी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ ।

नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोजराज लुइँटेलले बताए ।

साथै, उच्च प्राथमिकताका साथ भइरहेको दावी भुक्तानी २१ गते मंगलबारबाट पुनः यथावत हुने कम्पनीले जनाएको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ ।

यसका साथै, हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकि रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पु¥याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal