आज :

नेकपाको ७ औं पार्टी पुनर्गठन दिवसः सिंहदरबारको आकाशमा झण्डा-व्यानर बोकेका ‍बेलुन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा पार्टीको ७ औं पुनर्गठन दिवस मनाएको छ । नेकपा काठमाडौँले कडा सुरक्षाबीच सातौं पुनर्गठन दिवस मनाएको छ ।

देशको प्रशासनिक केन्द्र सिंहदरबारको आकाशमा नेकपाको ब्यानरसहित बेलुन उडेका थिए । ‘७ औं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔं’ लेखिएका राजधानीको व्यानर र झण्डासहित बेलुन उडाइएका थिए ।

सरकारले नेकपाका कुनै पनि गतिविधि हुन नदिने भन्दै राजधानीमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । तर, नेकपाले काठमाडौँका विभिन्न स्थानबाट बेलुन उडाउनुको साथै रक्तादान गरेको छ ।

काठमाडौँको दक्षिणकाली, टोखा, नागर्जुन, चन्द्रगिरीलगायतका क्षेत्रबाट पनि बेलुन उडाइएको नेकपाले काठमाडौँले जनाएको छ ।

त्यसैगरी पार्टी पुनर्गठन दिवसको अबसरमा नेकपा काठमाडौँले रक्तदानको आयोजना समेत गरेको छ । पार्टीको जिल्ला सेक्रेटरी पवनले रगत दिएर उद्घाटन गरिएको उक्तदानमा करिब एक नेता कार्यकर्ताले रगत दिएका थिए । महामारीले रगत अभाग भएकोले रक्तादान गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal