आज :

पत्रकार विद्यार्थी संगठनकाे कपिलवस्तु अध्यक्षमा राधा पाण्डे निर्वाचित

वुटवल । पत्रकार विद्यार्थी संगठन नेपालको कपिलवस्त भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले राधा पाण्डेको अध्यक्षतमा जिल्ला समिति निर्वाचित गरेको छ । भेलाले बसन्ता भुसाल, अनिता क्षेत्र, मनिषा भुसाल, सागर बिकलाई सदस्यमा निर्वाचित गरेको छ ।

संगठन विस्तार तथा सुदृढ अभियानको सुरु भएको छ । अभियानको पहिलो दिन कपिलवस्तु भेला सम्पन्न भएको हो । अभियानको उद्घाटन गर्दै संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले प्रगतिशील ‍र न्याय र राष्ट्रका लागि उत्पीडित पत्रकार विद्यार्थीहरु एक हुनु पर्ने बताए ।

‘प्रगतिशील,न्याय र राष्ट्रका लागि उत्पिडित पत्रकार विद्यार्थीहरुकाे मजवुत एकतालाई कायम गराैं, सदस्यता वितरण,संगठन विस्तार तथा सुदृढ अभियान सफल पाराैं’ नारासहित सुरु भएको छ ।

अभियानको पहिलो भेलालाई केन्द्रीय अध्यक्ष गैरेसँगै पाल्पा जिल्ला अध्यक्ष टेकबहादुर दर्लामीले सम्बोधन गरेका थिए । भेला राधा पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal