आज :

नेकपाका युवा नेता सिंह पक्राउ

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता पूर्णबहादुर सिंह गिरफ्तार भएका छन् । विप्लव नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज समेत रहेका सिंहलाई प्रहरीले विहीबार विहान गिरफ्तार गरेको बताइएको छ ।

नेकपा स्रोतका अनुसार पार्टीको कामको सिलसिलामा सिंहलाई प्रहरीले रुपन्देहीबाट गिर फ्तर गरेको हो । सिंहसँगै रहेका जिल्ला सदस्य मिनबहादुर आलेलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । दुबै जनालाई बुटवल इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

लामो समयदेखि विद्यार्थी आन्दोलनमा रहेर काम गरेका सिंह यसअघि पार्टी निकट अखिल क्रान्तिकारीको अध्यक्ष थिए । यसबारे नेकपाले औपचारिक रुपमा केही बताएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal