आज :

पदभार ग्रहण नगर्दै चीनविरुद्ध बाइडन, भन्छन्- मिलेर चीनसँग लड्नुपर्छ

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पदभार ग्रहण नगर्दै चीनविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । उनले अमेरिका र उसका सहयोगी देशहरुले चीनको प्रभावविरुद्ध मिलेर लड्नु पर्ने बताएका छन् । चीनको नेतृत्वमा विश्वकै ठूलो एसियाली व्यापार सम्झौता (आरसीईपी) मा हस्ताक्षर भएपछि बाइडनको सो अभिव्यक्ति आएको हो ।

चीनको अगुवाईमा १५ देशहरुको सहभागीतमा आरसीईपी सम्झौता भएको थियो । ठूलो अर्थतन्त्र भएका अमेरिका र भारत भने सो सम्झौतामा सहभागी छैनन् । सहभागी देशहरुले भारत र अमेरिकालाई पनि सहभागी हुन सुझाव दिइरहेका छन् । तर, बाइडनले आरसीईपीमा सहभागी हुने नहुने बारे केही बोलेका छैनन् । आफू अझै कार्यालयभन्दा बाहिर रहेको र आफूले अमेरिकाको व्यापारिक नीतिको विषयमा सल्लाह गर्न बाँकी रहेको प्रतिक्रिया दिए ।

समाचार एजेन्सीहरुका अनुसार बाइडनले अहिले अमेरिकाले समग्र विश्वको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) को २५ प्रतिशतको हिस्सा बनाएको र थप २५ प्रतिशत वा सोभन्दा धेरै अर्थतन्त्र भएका प्रजातान्त्रिक मुलुकहरुसँग सहकार्य गरी नीति निर्माण गर्नु जरुरी रहेको बताए ।

आइतबार भियतनामको हानोईमा भएको सम्मेलनमा विभिन्न १५ मुलुकहरुले आरसीईपी सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौतामा सहभागी मुलुकहरुले समग्र विश्वको ३० प्रतिशतको जीडीपीको हिस्सा ओगट्छन् । पहिलोपटक चीन, जापान र दक्षिण कोरिया एउटै सम्झौतामा आबद्ध भएका हुन् ।

यसैबीच चीनले भने बाइडनको कार्यकालमा चीन–अमेरिका सम्बन्धमा सुधार हुने विश्वास लिएको छ । मंगलबार चिनियाँ सुरक्षा नियामकका शीर्ष अधिकारीले यस्तो विश्वास व्यक्त गरेका हुन् । चाइना सेक्युरिटिज रेगुलारिटी कमिसनका उपाध्यक्ष फाङ सिघाईले चार वर्षको कार्यकालमा दुई मुलुकको सम्बन्धको अहिलेको तुलनामा निकै राम्रो बन्ने बताएका हुन् ।

तर, बाइडनका चुनावदेखि विजयी पछिको अभिव्यक्तिले त्यो कुनै संकेत गर्दैन । चुनावी अभियानको क्रममा गरिएका सम्बोधनको क्रममा बाइडनले चीन, रुस र उत्तर कोरियाका नेताहरुलाई ‘ठग’ को संज्ञा दिँदै कुनै सम्बन्ध नहुने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal