काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् । उनको नियुक्तिसँगै मधेस राजनीतिमा ठूलो भूकम्प गएको छ ।
नेकपा एमालेका प्रदेश संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख भण्डारीले यादवलाई सोमबार विहान मुख्यमन्त्री पदमा नियुक्त लगत्तै सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन् ।
हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।
बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए । तर, बाटोमा एक होटलमा नै यादवलाई शपथ खुवाएपछि भण्डारीको चर्को विरोध भइरहेको छ ।
एमालेभित्रै पनि मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर चर्को विरोध भइरहेको छ । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले पनि विरोध नाएका छन् । उनले उपधारा ३ मा मुख्यमन्त्री नियुक्त हुनु गल्ती भएको बताए ।
नयाँ सरकारमा आफ्नो पनि राप्रपाले पनि आपत्ति जनाएको छ । आफ्नो दलबाट मन्त्रिपरिषद्मा सहभागी नहुने बताएका छन् ।
त्यसैगरी नेपाली काँग्रेस, रास्वपालगायतका दलले पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई लिएर विरोध जनाइरहेका छन् ।
विराेधमा उत्रिएका दलका सांसद र नेता कार्यकर्ताहरूले प्रदेश प्रमुख भण्डारीकाे राजिनामा माग्दै कार्यालय ताेडफाेड गरिरहेका छन् ।


अनलाइन डबली




