आज :

भारतको राजधानी दिल्लीमा बम बिष्फोट,१५ जनाको मृत्यु

  • अनलाइन डबली

भारतको राजधानी नयाँ दिल्लीमा बम बिष्फोट भएको छ। भारतीय संचार माध्यामहरुका अनुसार लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै साँझ ६:५५  बजे कारमा बिष्फोट भएको हो ।

घटनामा  यो समाचार तयार पार्दा सम्म १५ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै एजेन्सीहरूले जनाएका छन्।

शक्ति शालि बिष्फोटमा यो समाचार तयार पार्दा सम्म १५ जनाको मृत्यु भएको खबर बाहिरिएको छ। बिष्फोट लगत्तै नजिकैका पसलहरू , धेरै बस र अन्य सवारीसाधनमा समेत आगलागी भएको खबर संचार माध्यमहरुले जनाएको छ ।

उक्त घटनामा आतंकवादी समुह बात भएको हुनसक्ने भन्दै भारत सरकारले प्रमुख सहरमा सुरक्षा सतर्कता बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाका विषयमा गृहमन्त्री अमित शाहलगायतसँग समीक्षा गरिरहेको बताइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal