आज :

देशभरको मौसम बदलीः पश्चिम क्षेत्रमा वर्षा, हेमाली क्षेत्रमा हिमपात

काठमाडौं । आज देशभरको मौसम बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने अनुमान गरेको थियो ।

पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ भने अन्य ठाउँमा पनि मौसम बदली भइरहेको छ । उता पूर्वी नेपालका केही स्थानामा सामान्य बदली भएको छ भने धेरै स्थानमा मौसम सफा रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । त्यसैगरी गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १/२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal