आज :

ह्वाइट हाउसमा ट्रम्पको अन्तिम दिपावली, दिए यस्तो शुभकामना

काठमाडौं । चुनावमा नराम्रो पराजय भोगेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तिहार तथा दिपावलीको शुभकामना दिएका छन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा ट्रम्पले दिपावली गर्दै हिन्दू धर्मालवम्वीहरुलाई शुभकामना समेत दिएका छन् ।

ह्वाइट हाउसका उच्च अधिकारीसहित पार्टीका अन्य नेताहरु दिपावलीमा सहभागी भएका छन् । ट्रम्पले दिप जलाइरहेको फोटो सामाजिक संजालमा पोष्ट गरेका छन् । ट्रम्पले आफुले दीप जलाइरहेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै ‘ह्यापी दिपावली’ भनेका छन् । चुनावमा पराजय भइसकेकोले उनको ह्वाइट हाउसमा यो दिपावली नै अन्तिम हुने निश्चित छ ।

त्यस्तै अमेरिकाकै नवनिर्वाचि राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् । उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् ।

बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायतका नेताहरुले पनि दिपावलीको शुभकामना दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal