आज :

कैलाली र रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कैलाली र रुपन्देहीमा थप ३ जनाको निधन भएको छ । कैलाली २ र रुपन्देहीमा एक जनाको ज्यान गएको हो ।

कैलालीको धनगढी उपमहानरपालिका र टिकापुर नगरपालिकामा एकएक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार कोरोना संक्रमण पुष्टि पछि होम आइसोलेसनमा बसेका टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुषको निधन भएको हो । उनलाई कात्तिक २० गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका २ का कोरोना संक्रमित ८४ वर्षीय पुरुषको  उपचारको क्रममा सोमबार बिहान निधन भएको छ ।  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यसैगरी रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको निधन भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ६ बजे निधन भएको हो । उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका डा. गौतमले जानकारी दिए ।

योसँगै लुम्बिनी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal