 
	
नेपालगंज । अखिल क्रान्तिकारीले संगठनका बाँके अध्यक्ष डिबी शाहीलाई रिहाई गर्न माग गरेको छ । संगठनका भेरी कर्णाली ब्यूरो क्षत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले शाहीको गैरन्यायीक गि रफ्तारी गरेको भन्दै रिहाईको माग गरेका छन् ।
मंगलबार बिकले विज्ञप्ति भनिएको छ, “बाँकेको कोहलपुरस्थित घरमै बसिरहेको अवस्थामा हाम्रो संगठनका बाँके जिल्ला अध्यक्ष डिबी शाहीलाई प्रहरीद्वारा गैरन्यायिक गि रफ्तार गरिएको छ । यसप्रति संगठन घोर भत्सर्नासहित अबिलम्ब रिहाईको लागि जोडदार माग गर्दछ ।”
कोरोना महामारीको कठिन परिस्थितिमा समेत स्वास्थ, शिक्षा र व्यापारको क्षेत्रमा राज्यकै संरक्षण र सङ्लग्नतामा भएको लुट, कालोबजारी र बेइमानीविरुद्ध संगठनले जनजागरण अभियानमार्फत खबरदारी र भण्डाफोर कार्यक्रम जारी राखेको र उक्त अभियानबाट आत्तिएर सरकारले आफ्ना संगठनका नेता कार्यकर्ताको गैरन्यायिक गिरफ्तारी, धरपकड, घरघेरा हाल्ने र खानतलासी गरिरहेको बिकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सरकार आफ्नो असफलतालाई लुकाउन क्रान्तिकारी शक्तिमाथि दमनको नीति अख्तियार गरेको भन्दै संयोजक बिकले विज्ञप्तिमा भनेका छन्, “कोरोना कहरको कारण उत्पन्न संकटकै परिस्थितिमा राष्ट्रियता, अर्थतन्त्र, जनजीबिका, जनअधिकार, जनस्वास्थ्यको सवालका साथै देशको समग्र भबिश्य झन् बर्बादीको दिशामा गइरहेकोले आम नागरिकहरुमा चिन्ता र असन्तुष्टि बढेको छ । सरकार आफ्ना चरम असफलता र अक्षमता लुकाउन देशभक्त, प्रगतिशील एवम् क्रान्तिकारी शक्तिमाथिको दमनलाई अख्तियार छ गरेको छ ।” उनले यसको विरोध गर्न सबैसँग आग्रह समेत गरेका छन् ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          




