आज :

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७१ हजार नजिक, शनिबार २ हजार ५०८ जना थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ७१ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

शनिबार थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी आज २ हजार २६४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर जानेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । अब ३८ हजार ५८४ जना सक्रिय संक्रमित छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ । आज थप १७ जनाको ज्यान गएसँगै यो संख्या पुगेको हो ।

आज सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा १ हजार ३५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १११३ जना, ललितपुरका १९५ र भक्तपुरका ४९ जना रहेका छन् ।

त्यसैगरी मोरङका १३८ जना, चितवन र कास्कीका १०९/१०९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७/२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ जना, नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जना रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal