आज :

अमेरिकी राष्ट्रपति चुनावः सर्वेक्षण भन्छ- ट्रम्पले चुनाव हार्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव आउन अब थोरै दिन मात्रै बाँकी छन् । नोभेम्बर ३ गतेलाई मुख्य मतदान तोकिएको छ । चुनाव प्रतिस्पर्धमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेन रहेका छन् । ट्रम्प रिपब्लिकन र बाइडेन डेमोक्रेटको तर्फबाट चुनाव मैदानमा छन् ।

चुनाव कसले जित्छ अहिले भन्न नसकिने अवस्था रहेपनि केही मत सर्वेक्षणहरुले बाइडेनलाई अगाडि देखाएका छन् । अमेरिकी चुनावमा महत्वपूर्ण मानिएको अन्तिम टेलिभिजन बहस पनि सकिएको छ । विहीबार साँझ भएको उक्त बहसमा दुबै उम्मेदवारले आ-आफ्ना चुनाव एजेण्डाको बचाउ गरे । दुबैले एक अर्कालाई कमजोर बनाउने प्रयास गरे ।

बाइडेनले ट्रम्प कोरोना नियन्त्रण गर्न असफल भएको बताउँदै लखौं नागरिकको ज्यन जाने बताए । उनले ट्रम्प उत्तर कोरिया, चीन र रुसका नेताहरु ठग भएको आरोप लगाउँदै उनीहरुसँग ट्रम्पले मुख जोडेको दाबी गरे ।

ट्रम्पले आफ्नो बचाउ गर्दै ट्रम्पले देशमा कोरोना भाइरसको छाल आउने क्रम अब सकिएको छ र बाँकी स्थानमा पनि अब चाँडै सकिने दाबी गरे । केही हप्तामै यसको खोप पनि तयार हुने भन्दै ट्रम्पले सेनाले आम नागरिकसम्म यसलाई पुर्‍याउने बताए ।

ट्रम्पलाई जवाफ दिँदै बाइडेनले ट्रम्प प्रशासनले कोरोनासँग जिउन होइन मर्न सिकाइरहेको र कुनै जिम्मेवारी नलिएकामा आपत्ति जनाउनुभयो । देशमा आज दुई लाख २० हजार मानिस मारिएका छन्, तिनको जिम्मेवारी राष्ट्रपतिले लिनुपर्दैन ? बाइडेनको प्रश्न थियो ।

बाइडेनको भनाइ थियो, ‘यस वर्षको अन्त्यसम्ममा अमेरिकामा दुई लाख अरु मृत्यु हुने अनुमान छ । यदि हामीले मास्क मात्रै लगायौं भने पनि करिब एक लाख मानिसको जीवन बचाउन सक्छौं । तर हाम्रा राष्ट्रपतिसँग यसका लागि कुनै व्यापक योजना नै छैन ।’

टेनेसीमा आयोजित बिहीबारे बहस भने २९ सेप्टेम्बरको तुलनामा निकै नै संयमित देखिन्थ्यो । एकले अर्कोलाई कमजोर देखाउने होडमा ट्रम्पले सन् १९९४ मा बाइडेनले ल्याएको अपराधसम्बन्धि कानुनका कारण अमेरिकामा ठूलो संख्यामा अफ्रिकी अमेरिकीको विनाश गरेको आरोप लगाउँदा बाइडेनले भने, ‘आधुनिक इतिहासमा सबैभन्दा धेरै नश्लवादी राष्ट्रपति नै ट्रम्प हुन् ।’

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चुनावी सर्भेक्षणले बाइडेनले जित्ने देखाएका छन् । बाइडेन १२ प्रतिशत मतले अगाडि देखिएका छन् ।

चुनाव आउनु अघि नै करिब ५ करोड मतदाताले भोट गरिसकेका छन् । अमेरिकामा चुनावको दिनमा उपस्थीत हुन नसक्नेहरुले हुलाकबाट मतपत्र पठाएर र अर्लि भोटिङमा उपस्थीत भएर मतदान गर्नसक्ने प्रावधान रहेको छ ।

पछिल्लो तथ्यांकअनुशार करिब ५ करोड जनाले मतदान गरिसकेका छन् । जसमध्ये धेरैले हुलाकबाट र बाँकीले अर्लि भोटिङ गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal