News Portal

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ३ सहित देशभर थप २ हजार बढि संक्रमित

डबली संवाददाता२०७७ असाेज २८ गते
८६ पटक

काठमाण्डौं  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। अाज थपिनेहरु काठमाडौंका ९९६ जना, भक्तपुरका १०२ जना र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार बढि संक्रमित थपिएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेश बिफिङमा देशभर थप २ हजार ६३८ जना संक्रमित थपिएको जानकारी गराएको हो । यो सहित हाल सम्म नेपालमा संक्रमित हुने एक लाख १७ हजार ९९६ पुगेको छ।

जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टमा थप १२ जनाको निधन भएको बताए। आजको सहित हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६७५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । हाल सम्म  करेन्टाइन्मा ४ हजार ६६६ जना रहेकाे छन् ।

मन्त्रालयका अनुसार आज थप २१ सय ७४ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८०  हजार ९५४ पुगेको छ। हाल सम्म नेपालमा १२ लाख २१ हजार ०२३ जनाकाे पिशियार परिक्षण गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्