आज :

आईपीएल क्रिकेटमा कोलकत्तासँग पञ्जाव पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्ससँग किंग्स इलाभेन पञ्जाब पराजित भएको छ । अन्तिम तीन ओभरमा सम्हालिन नसक्दा पञ्जाब दुई रनले पराजित भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

कोलकत्ताले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्रै बनाउन सक्यो । अन्तिम बलमा छक्का हानेको भए खेल बराबरी भएर सुपर ओभरमा जान सक्थ्यो तर ग्लेन म्याक्सवेलले चौका मात्रै हान्न सकेपछि खेल कोलकत्ताको पक्षमा गयो ।

पञ्जाबले १ सय १५ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । उसका लागि के एल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाए । कोलकत्ताका प्रसिद्ध कृष्णले ३ र सुनिल नारिनले २ विकेट लिए । यसअघि आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

उसका लागि कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाए । जितसँगै कोलकत्ता ८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने २ अंक रहेको पञ्जाब पुछारमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal