आज :

कोरोना भाइरसबाट संक्रमित ट्रम्पको ज्वरो घटेन, किमजोङले पठाए यस्तो सन्देश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरसका लक्षण देखिएका छन् । कोरोना संक्रमण पुष्टि भएको पछि पहिलो पटक  ज्वरो आएको थियो । त्यसलगत्त‍ै ट्रम्पलाई सैनिक अस्पताल भर्ना गरियो । अहिले अस्पतालबाटै काम गरिरहेको बताइएको छ ।

वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएपका ट्रम्पलाई ज्वरो कम नभएको बताइएको छ । तर ट्रम्पको स्स्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

ट्रम्प अस्पताल भर्ना भएपछि उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उनले स्वास्थ्य लाभको कामना  गर्दै एक सन्देश पठाएका छन् । शनिबार सन्देश पठाउँदै किमजोङले ट्रम्पलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने विश्‍वास लिएको बताएका छन् । किमजोङको यो सन्देशले ठूलो हलचत ल्याएको छ । अमेरिकाले उत्तर कोरियामाथि अमानविय व्यवहार गर्दै आएपनि किमजोङले मानवीय व्यवहार देखाएका छन् ।

त्यसैगरी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिस्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । अहिले ७४ बर्ष पुगेका राष्ट्रपति ट्रम्प र ५० बर्षिया उनकी पत्नी मेलानिया शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् । स्वदेशी नेता बाहेक अन्य देशका पनि दर्जनौ नेताहरुले उनलाई सिघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् ।

यसैबीच नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्पका नजिकका सहयोगी होप हिक्सलाई संक्रमण पुष्टि भएलगत्तै गरिएको पिसिआर परिक्षणमा ट्रम्प दम्पत्तिको पनि पिोर्ट पजेटिभ आएको थियो ।

राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण भएको सार्वजनिक भएलगत्तै नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनाव प्रभावित हुने हो कि भन्ने आशंका समेत जन्मिएको छ ।

अमेरिकामा कोरोना महामारीको नियन्त्रणलाई लिएर राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना हुने गरेको छ । अमेरिका  कोरोनाबाट विश्वकै सबैभन्दा बढी प्रभावित  देश पनि हो ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal